प्रगतिनगर सामुदायिक विद्युत सहकारीमा रक्तदान

प्रकाशित मिति:

प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा रक्तदान कार्यक्रम गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नं। ११ मा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थामा वार्षिक कार्यक्रम अनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै बिहिबार रक्तदान कार्यक्रम गरिएको हो ।रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, शेयर सदस्य तथा सुभेच्छुक समेत गरी ५२ जनाले रक्तदान गरिएको संस्थाका सचिव गोपाल केसीले जानकारी गराउनु भयो ।

उक्त विद्युत सहकारीले विगत ४ वर्षदेखि हरेक वर्ष रक्तदान गर्दै आएको छ । रगतको अभावमा कसैले पनि जीवन गुमाउन नपरोस भन्ने उदेश्यले रगतको उपलब्धता र रक्तदानमा उत्प्रेरित गर्नको लागि नियमित रुपमा रक्तदान कार्यक्रम गरिएको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाका अध्यक्ष जीतबहादुर मल्लले बताउनु भयो ।कार्यक्रममा रक्तदान गर्ने रक्तदातालाई संस्थाका अध्यक्ष मल्ल र बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य हेमा थामीले प्रमाणपत्र सहित खादा ओढाएर सम्मान गर्नु भएको थियो ।