ज्ञानोदय टोलबिकास संस्थाको नियमित सरसफाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:
तिलोत्तमा ९  ज्ञानोदय टोलबिकास संस्थाका अध्यक्ष प्रकाश न्यौपानेको अध्यक्षतामा  शनिबार भएको नियमित सरसफाई कार्यक्रममा न्यौपानेले नगरपालिकाले डेंगी न्युनिकरणका लागि थालेका विभिन्न अभियानमा टोल स्तरबाट गरिने यस्ता  सरसफाईयुक्त कार्यक्रमहरु प्रभावकारी बन्न सक्ने विश्वास ब्यक्त गर्नुभयो ।

टोलका अगुवा समाजसेवी ,बुद्दिजिवि,आमा समुह,कृषि समुह लगायतको उपस्थितीमा भएको कार्यक्रममा टोलमा भएको फोहोर उठाउने,पानी जमेका खाल्डोमा कुलेसो बनाई पानी वग्ने बनाउने र छेउछाउका झाडि फांडने काम गरेको संस्थाका सचिव सुरेस पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा चेतनशिल आमा समुह, ज्ञानोदय कृषि समुहका बलाराम काफले,े स्थानीय युवा सुरज न्यौपाने,दुर्गा पाण्डे लगायतले टोलको विकासका लागि सामुहिक छलफलबाट आईपरेका जस्तोसुकै काम पनि गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।  संस्थाले आउने शनीबार टोलमा वन्न लागेको दुर्गा मन्दिरमा फुल रोपणसंगै सरसफाई अभियानलाई निरन्तरता दिने निर्णय समेत  गरेको छ