बुटवल । अखिल नेपाल महिला संघ गैँडहवा गाउँ कमिटी गठन भएको छ । शुक्रबार गैडहवा वार्ड नम्बर ८ मा भएको भेलाले सिता घिमिरेकाे अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा माधुरी जसवल , सचिवमा प्रतिभा सारु, कोषाध्यक्ष सुनिता राना, र सहसचिवमा चन्द्रकला गुप्ता रहेका छन । यसै गरी सदस्यहरूमा विमला सुनार, धनमाया बिक, सिता घर्ती मगर, पुस्पावती थारु, नुमकली फौजा, मन्जु हरिजन, नीरा चौधरी, कमला गौतम, माया पन्थी, बिन्दबासिनी धोबी,निर्मला रिजाल, सञ्जु थारु , ईमूर्ति हरिजन, पुनम कुमाल रहेका छन । कार्यक्रमकाे उदघाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य गोमा आचार्यले पार्टीले महिलाहरुको भूमिका बढाएको भन्दै अझै अग्रसर भएर पार्टीमा लाग्नु पर्ने बताइन्। उनले पार्टीकाे हरेक कार्यक्रममा रूपन्देहीको दक्षिणि क्षेत्र गैडहवाकाे गरिमामय उपस्तिथि रहेको स्मरण गर्दै एकताबद्द भएर अनेम संघ लाग्नु पर्नेमा जोड दिइन् । कार्यक्रममा प्रदेश कमिटी सदस्य दुर्गा आचार्य,जिल्ला सदस्य हिमा बेल्बासे, बिन्दु श्रीस, अनेम संघ क्षेत्रीय अध्यक्ष कल्पना कुंवर,भुवन राना, टीकाराम शर्मा , कृष्ण गुप्ता, गैडहवा गाउँपालिका प्रमुख सुरेन्द्र पौडेल लगायतले आ आफनो धारणा राखेका थिए। राधिका घिमीरेकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाे संचालन उमा ढकालले गरेकी थिइन् भने स्वागत मिना क्षेत्रीले गरेकी थिइन् ।













