कपिलवस्तु अस्पतालमा व्यवस्थित शल्यक्रिया सेवा दिन लागे पछि- अस्पतालमा प्रसूति गराउन आउनेको संख्या बढ्दै ।
डिलाराम भुसाल-कपिलवस्तु भदौ ।कपिलवस्तु अस्पतालमा व्यवस्थित शल्यक्रिया सेवा दिन लागे पछि अस्पतालमा प्रसूति गराउन आउनेको संख्या बढ्दै गएको छ । केही वर्षयता अस्पतालमा दक्ष स्वास्थ्यकर्मीसहितको टोलीले गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराएपछि अस्पताल प्रसूति सेवामा गरान आउनेको संख्या बढेको बताएको छ ।अहिले अस्पतालमा सामान्यदेखि जटिल प्रसूति सेवा दिइने र सकभर रिफरसमेत न्यून गर्ने गरिएको र ब्लड बैंकको समेत व्यवस्था गरिएको तथा सुत्केरीलाई सरकारले तोकेअनुसारको यातायात खर्च र अन्य सुविधासमेत अस्पतालले दिँदै आएको बताएको छ । गत आर्थिक वर्ष २०७९ र ०८० मा दुई हजार एक सय नौजनाले प्रसूति सेवा लिएको अस्पताल प्रसूति शाखाकी नर्स लीला शर्माले बताइन्।् त्यसमध्ये एक हजार तीन सय ८३ सामान्य, एक सय ३४ जटिललाई प्रसूति सेवा उपलब्ध गराइएको शर्माले बताइन् ।
पाँच सय ९१ जनालाई जटिल प्रसूति सेवा दिइएको तथा अन्य स्वास्थ्य संस्थाबाट रिफर भई आएका १ सय ४२ जनालाई पनि प्रसूति सेवा उपलब्ध गराइएको शर्माले बताइन्। एक सय ४२ प्रसूति सेवा भने अस्पतालबाट दिने सेवामा गणना गरिएको छैन। आर्थिक वर्ष ०७८र०७९ मा दुई हजार दुई सय ४३ जना तथा ०७७र०७८ मा एक हजार सात सय ३४ जनाले यहाँ प्रसूति सेवा लिएका बताएको छ । यस्तै चालु आर्थिक वर्षको साउन महिनामा दुई सय २९ महिलाले अस्पतालमा प्रसूति गराएको बताएको छ । प्रसूति सेवा विशेषज्ञसहित तालिम प्राप्त नर्सले अस्पतालमा प्रसूति सेवा दिँदै आएको अस्पतालको भनाई छ ।
दक्ष जनशक्तिद्वारा राम्रो र व्यवस्थित शल्यक्रिया सेवासमेत दिइने भएकाले अस्पतालमा प्रसूति गराउन आउनेको संख्या बढ्दै गएको कपिलवस्तु अस्पतालका डा विपिन जैसवालले बताए। ‘हामीले एकदमै जटिलबाहेक अरू प्रसूति सेवा यहीं उपलब्ध गराएका छौं’, उनले भने, पहिलेको तुलानामा ‘जनविश्वास बढेपछि यहाँ प्रसूति गराउनेको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको जैसवालले भनाई छ ।यसैगरी प्रोटोकलअनुसार गर्भ जाँच गराएका महिलाले सुत्केरीपश्चात प्रोत्साहनस्वरूप न्यानो झोला र यातायातवापत एक हजार रूपैयाँ र चारपटक गर्भ जाँच गराएमा रिपोर्टका आधारमा आठ सय थप गरी एक हजार आठ सय रूपैयाँ उपलब्ध गराइएको बताएको छ ।












