सिंहदरबारमा आगो लगाइदिने मेयर बालेनको धम्की

प्रकाशित मिति:

काठमाडौं, भदौ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन ले सामाजिक सञ्जालमा आक्रोश पोख्दै सिंहदरबारमा आगो लगाइदिने धम्की उनले दिएका छन् ।

उनले संघ सरकारलाई चेतावनी दिदैं महानगरपालिकाको गाडी रोक्ने कार्य गरिए देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका हुन् । संघ सरकारका तर्फबाट शनिबार महानगरको गाडी रोकिएको उनको संकेत छ । तर, त्यसबारेमा विस्तृतमा केही खुलाएका छैनन् ।आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,” उनले फेसबुकमा लेखेका छन् ।