रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीले मनायो आठौ संविधान दिवस

प्रकाशित मिति:

संविधान दिवसको अवसरमा रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीले सियारी गाउँपालिका ४ स्थित छपिया चोकमा दीप प्रज्वलन गरीऔँ संविधान दिवसमनाएको छ।निकै लमो संघर्ष बलिदान पूर्ण आन्दोलनबाट पुरस्कृत संघिय लोकतान्त्रिक गणन्त्रात्मक प्रणाली बेवस्ता संविधान को मूल मर्म हो।समाजमापिछडिएका आदिवासी जनजाति लगायत विभिन्न समुदायलाई सामन्त मूलकहक अधिकारको प्रत्याभुती गर्दै नेपालको  संविधान २०७२ ल्याइएको हो

नेपालको समाजिक संस्था अन्तर्गत रहेर स्थापना भयेको यस रोट्रयाक्ट क्लबका अध्यक्ष रोट्रयाक्टर सुशन भट्टराई ज्यूले संविधान दिवसको अवसरमासंसारभरी फैलिएर रहनु भएका सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै मुलुकमा विभिन्न कालखण्डमा राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, शान्ति लोकतन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनिपसिनाले पाएको संविधान जारी भएको यस ऐतिहासिक दिनको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा राष्ट्रियता, राष्ट्रियस्वाधीनता शान्तिको कामना गर्दै संविधान दिवसको शुभकामना प्रदान गर्नु भएको

आज भयको यस दीप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथिको रूपमा यस सियारी गाउँपालिका वार्ड नं का वडा अध्यक्ष श्री राम यादव ज्यू तथा रोट्रयाक्टक्लब अफ सेन्ट्रल सियारीका वर्तमान अध्यक्ष रोट्रयाक्टर सुशन भट्टराई ज्यू क्लबका अन्य पदाधिकारी, सदस्य तथा समाज सेवी एबम आम नेपालीनागरिकहरुको उपस्थितिमा नवौं संविधान दिवस मनाइयो