विद्रोह संस्था बचाउनका लागि हो : आरके शर्मा

प्रकाशित मिति:

काठमाडौं, कात्तिक – गैरआवासीय नेपाली संघ ९एनआरएनए०का विद्रोही अध्यक्ष आरके शर्माले संस्था बचाउनका लागि विद्रोह गर्नु परेको जिकिर गरेका छन्।११औं महाधिवेशनबाट डा। बद्री केसीसहितको टीम विजयी भएपछि पराजित समूहले औपचारिक रुपमै समानान्तर कार्यसमिति घोषणा गर्दै संस्था बचाउन विद्रोह गरेको जिकिर गरेको हो।सोमबार पत्रकारसंग विद्रोही समुहका अध्यक्ष शर्माले भने ‘विद्रोह संस्था बचाउनका लागि हो।’ उनले हरेकले दश दश डलर उठाएर संस्थाको भवन बनाएको भन्दै यो कसैको व्यक्तिगत सम्पती नभएको तर्क गरे।

आफु पदका लागि नभएर परिस्थितिको कारणले संस्था रेस्क्यू गर्न केही साथीले नराम्रो मानेपनि अधिकासं साथीहरुको हितका लागि यो विद्रोह गरेको उनको दाबी छ।२० अक्टोबर २०२३ मध्य राती घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण देखिएपछि नयाँ प्रक्रियामार्फत अध्यक्षमा शर्मालाई चयन गरिएको सो पक्षको दाबी छ। पराजित पक्षले नयाँ कार्यसमितिको उपाध्यक्षमा डा। केशव पौडेललाई चयन गरेको छ। उनी निर्वाचनमा विजयीसमेत भएका थिए।