रामचन्द्र बि.क रामेछाप
२०७२ सालको विनासकारी भूकम्पको कारण देशमा हजारौ मानिसको ज्यान गयो, लाखौँ मानिस घरविहिन भए । त्यो दिनको कहाली लाग्दो घटना सम्झने हो भने अझै पनि हाम्रो जिउँ काम्न थाल्छ । विनकासकारी भूकम्पले घरबिहिन भएका लाखौँ नागरिकहरु निजी आवसको काम नहुँदा अझै पनि खुल्ल आँकसमै बास बस्न बध्य छन् । भूकम्प गएको तीन वर्ष बिती सक्दा समेत धेरै पीडितहरुको घरहरु बनेका छैनन्, भूकम्पबाट प्रभावित भएका धेरैले अझै पनि जीवन धान्ने कुनै दीगो पेशा भेट्टाउन सकेका छैनन् । जसको कारण पीडितहरु अझै पीडितनै छन् । तर रामेछापको रामेछाप नगरपालिका–५ रामपुरका स्थानीयलाई भने भूकम्पले खुशी दिलाएको छ । यो खुशी उनिहरुमा त्यतिकै आएको भने हैन् । भूकम्प पछि पीडामा परेको रामपुरबासीको लागि खुशी थप्न सहयात्री बन्यो नेपाल रेडक्रस सोसाइटी रामेछाप । भूकम्पबाट पीडामा परेका रामपुरबासीलाई निजी आवसमा सहयोग गर्न २०७२ साल पौषमा रामपुर पुगेको नेपाल रेडक्रस सोसाइटी रामेछापले उनिहरुको घर मत्रैै बनाएन, खानेपानी, स्वास्थ्य, जीविकोपार्जन लगायतका काममा सहयोग गरेर उनिहरुको मूहारमा खुशी ल्याएको छ ।
६३७ घरधुरीका भूकम्प प्रतीरोधी घर
नेपाल रेडक्रसले भूकम्प पश्चात ल्याएको भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत रामपुरका ६ सय ३७ घरपरिवार मध्ये अधिकासं लाभग्राहीले भूकम्प प्रतिरोधी निजी आवसको काम सम्पन्न गरी नयाँ घरमा बसोबास गर्न थाली सकेका छन् । रेडक्रसले आर्थिक सहयोग सँगै घर बनाउनको लागि प्राविधिक सहयोग गरी उनिहरुलाई समयमै जस्ताको टहरोमा बस्नु पर्ने बाध्यताबाट मूक्त गराएको छ । ‘हामी आफैले बनाउनु परेको भए यतिबेला पनि घर बन्ने थिएन’ रामपुरका सुर्ज बहादुर श्रेष्ठले भन्नुभयो ‘ भूकम्पले तहसनहस बनाएको रामपुर पचास बर्षमा पनि उठ्दैन जस्तो लाग्थ्यो, यहाँको बस्तीनै बसाइँ सरेर जाने स्थितिमा पुगेको थियो तर हाम्रा लागि रेडक्रस देउता बनेर आए जस्तै भएको छ ।, उहाँहरुलाई खुशी दिने शब्द नै छैन ।’
झण्डै गाउँनै विस्थापित भएको थियो रामेछापमा साविकका १८ वटा गाविस अति सुख्खाग्रस्त गाविसहरु पर्दछन् र रामपुर पनि त्यही अति सुख्खाग्रस्त गाविसनै हो । भूकम्प आए सँगै पानीका मुहान पनि धमाधम सुक्न थालेको विगतको तितो अनुभव सुनाउँदै रामपुरका कोमलदाश श्रेष्ठले भन्नुभयो,‘ घर भत्केर उत्तिकै पीडामा थियौँ, त्यस पछि भएका स–साना पानीका मुहानहरु पनि सुक्न थाले । खाने पानी त नभएको बेला कसरी घर बनाउने ?, पानी अभावको पीडालाई खप्न नसकेर गाउँका धेरै मानिसहरु गाउँनै छाडेर हिँडेका थिए ।, तर अहिले बस्नको लागि घर, घर सँगै शौचालय र पानीको धारा पनि नियमित भए पछि खुशी मात्रै हैन, गाउँ छोडेर अन्तै गएका पनि आफ्नै घर आएर आनन्द सँग बस्न पाएका छन् ।’ उनले थपे, ‘भूकम्प नगएको भए रेडक्रस पनि आउँदैन थियो होला, सायद हामीले यो पानीको मुख पनि देख्न पाउँदैन थियौ होला ।’
रामेछाप नगरपालिका, नेपाल रेडक्रस सोसाइटी र स्थानीयको संयुक्त प्रयासमा अहिले रामेछाप नगरपालिका–५ रामपुरका अधिकाशं स्थानीयको घरमा बालमैत्री खानेपानीको धारा बनेका छन् ।
पानीको कारण हाम्रो घरघरमा बिजुली पनि बल्ने भो
भूकम्प अघि रामपुरको केही ठाउँमा मात्र विद्युत थियो । भूकम्पले गर्दा पानीका मुहान सुक्दै जान थाले पछि गाउँमा पानी ल्याउने योजनासँगै विजुली पनि आउने निश्चित भएको खुसी सुनाउँदै रामपुरका गोपाल मगरले भन्नुभयो ‘रामपुरमा पानी ल्याउने कुरा भयो, तर बिजुली नभए पानी आउने रहेनछ, त्यसको लागि नगरपालिकाको पहलमा बिद्युत ल्याउनको लागि काम सुरु ग¥यो अहिले सबैको घरघरको छेउमा बत्तीको पोल आइसकेका छन्, अब छिट्टै बत्ति पनि बल्छ , अनि हामी सधै भरी उज्यालोमा बस्न पाउने छौँ ।’
घर–घरमा सडक, अब धेरै पैदल यात्र गर्नु पर्दैन
भूकम्प अघि केही मुख्य ठाउँमा सडक पुगेको रामपुरमा यतिबेला प्राय ः सबैको घर–घरमा मोटर बाटो समेत पुगेको छ । गाउँमा पैदल यात्र गर्दाको दुख सुनाउँदै तिर्थ तामाङ्ले भन्नुभयो, ‘भूकम्प जानु भन्दा पहिला रामपुरको अधिकाशं ठाउँमा पुग्ने सडक थिएन, निर्माण सामाग्री पु¥याउन निकै अफ्ठ्ेरो भयो, त्यही मौका छोपी स्थानीयले घरमा बाटो पनि पुग्ने निर्माण सामाग्री पु¥याउन पनि सहज हुने भन्दै मोटर बाटो खने अहिले जसको घरमा पनि सवारी साधनहरु सहजै पुग्न सक्छन् ।, जसले गर्दा हामीले लामो समय सम्म पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।’ नगरपालिका, वडा र स्थानीयको नागरिकको पहल र सक्रियतामा घर–घरमा कच्ची सडक पुगेको हो । अकालमै ज्यान गुमाउनु पर्ने महिलालाई राहातजिल्ला स्वास्थ्य कार्यालय देखि धेरै टाढा र कच्ची सडक भएको रामपुरका धेरै महिलाहरुले सुत्केरी हुने बेला धेरैले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था थियो । भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत नै रामपुरका महिलाले भोग्दै आएका पीडालाई कम गर्न पुनःस्थापित भवन तथा वर्थिङ्ग सेन्टर बनाएर आफूहरुलाई सहयोग गरेकामा सहयोगी संस्थालाई धन्यबाद दिँदै रामपुरकी कुमारी श्रेष्ठले भन्नुभयो, ‘ रामपुरबाट रामेछाप पुग्ने धेरै समय लाग्छ, भनेको बेला सवारी साधन पनि पाइदँैन, अनि महिलाले बच्चा जन्माउन नसक्दा अकालमै ज्यान गुमाउनु परेको छ, अहिले त्यो समस्या हटेको छ ।, हामीलाई ठुलो राहात मिलेको छ ।’ रेडक्रसको सहयोगमा निर्माण सम्पन्न भई बर्थिङ्ग सेन्टर वडालाई हस्तान्त्ररण भइसकेको छ ।
अहिले त हामी घरमै बसीबसी पैसा पनि कमाउन थालिसक्यौँ
निजी आवास निर्माण, खानेपानी, स्वास्थ्य सरफाइ लगायतको काम गर्दै आएको रेडक्रसले आफूहरुलाई जीविकोपार्जनको बाटो पनि देखाइदिए पछि खुसीले दंग हुँदै रामपुरका केदारमान श्रेष्ठले भन्नुभयो, ‘ भूकम्प नगएको हुन्थ्यो त हामीले यतिबेला केहि पनि पाउने थिएनौँ ।, मलाई लाग्छ भूकम्प नै हाम्रो लागि सबै थोक भएको छ ।, बेरोजगार भएर बिदेसिनु पर्ने बाध्यता थियो, अहिले घरमै बाख्राको खोर अनि खोरमा बाख्रा पनि छन् ।, त्यस्तै धाराबाट खेर गएको पानीलाई प्रयोग गरेर तरकारी लगाउन पाइएको छ ।, आफैले पालेका खसी बोका अनि आफैले उत्पादन गरेको तरकारी बेचेरै आम्दानी लिन थाली सकेका छौँ । यो सबै रेक्रसको देन हो ।’ रेडक्रसले रामपुरका स्थानीयलाई जीविकोपार्जनमा थप टेवा पु¥याउने गरी आयआर्जनमूलक कार्यक्रममा समेत सहयोग गरेको छ ।
भूकम्प प्रतिकार्य कार्यक्रम अन्तिम चरणमा भुकम्प पश्चात तत्काल कुनै पनि सहयोगी निकाय रामपुरमा नपुगेको अवस्थामा रामपुरको दयनीय अवस्था देखेरै जिल्ला दैवी प्रकोप उद्धार समितिबाट निर्णय गराएर काममा रामपुरको बिकाशमा जुटेको रेडक्रस रामेछापका सभापति शिब कुमार कार्की बताउनुहुन्छ । कार्कीले रामपुर भुकम्प भन्दा अगाडि पनि प्राकृतिक र भौगोलिक रुपमा ठगिएको क्षेत्रमा झनै भुकम्प पश्चात थपिएको पिडामा मलम लगाउन ठुलो चुनौतीको रुपमा लिएको भए पनि अहिले समुदाय , सरोकारवाला निकाय र रेडक्रसको पहलबाट फेरिएको रामपुर देख्दा संस्थाले ठुलो उपलब्धिको रुपमा लिएको बताउनुहुन्छ ।
रामेछापको रामपुरमा २०७२ सालको पौष महिनाबाट सुरु भएको कार्यक्रमको कार्यक्रम अबधी भने अन्तिम चरणमा पुगेको छ । ‘योजना गरिएका अधिकांश क्रियाकलापहरु सम्पन्न भैसकेको छ’ भुकम्प प्रतिकार्य कार्यक्रम रामेछापका जिल्ला कार्यक्रम संयोजक जयराम बस्नेतले भन्नुभयो ‘आवास निर्माण, खानेपानी तथा सरसफाई, स्वास्थ्य र जिविकोपार्जन लगायतका समुदायले प्रत्यक्ष परोक्ष रुपमा फाइदा उठाउने योजना तथा क्षमता बिकाश र सचेतनाका क्रियाकलापहरु सम्पन्न भएका छन् ’ । बस्नतेका अनुसार रेडक्रसले रामपुरमा ६३७ व्याक्तिगत शौचालय सहित निजी आवास, तीन ठुला लिफ्टिङ्ग खानेपानी योजना सहित ७ वटा खानेपानी योजना, २ वटा सिंचाई योजना, १ वटा स्वास्थ्य संस्था भवन, ५ वटा लैङ्गिक, बाल तथा अपांग मैत्री बिद्यालय शौचालय, ५ सय १० परिवारलाई तालिम सहित बाख्राको सुधारिएको खोर तथा नश्ल सुधारका लागि १० वटा बोयर जातका बोका समेत सहयोग गरेको छ । त्यस्तै आयआर्जनमा थप सहयोग पुराउन १५० घरपरिवारलाई तरकारी खेती तालिम सहित व्यावसाय संचालनका लागि बिउ पुँजी समेत उपलब्ध गराएको कार्यक्रम संयोजक बस्नेतले बताउनुभयो ।












