सबलपोष्ट ।
ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीले संघमा आवद्ध व्यवसायीबीच शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन गरेको छ । संघको सचिवालयमा भएको कार्यक्रममा बोल्दै ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अशोक वर्माले व्यवसायीबीच एकता भए मात्र व्यवसाय फस्टाउन सक्ने बताए । आर्थिक मन्दीको मारमा परेका व्यवसायीलाई राहत दिन सरकारले ध्यान दिनुपर्ने वर्माले बताए । ग्रील तथा स्टिल व्यवसायी संघ रुपन्देहीका अध्यक्ष बुद्धि गुरुङले जिल्लाभरका ग्रील,स्टिल तथा आल्मुनियम व्यवसायीको छाता संस्था एवं जिल्ला, प्रदेश र केन्द्रसम्म देशव्यापी संगठन भएको संस्था ग्रील तथा स्टिल व्यवसायी महासंघ अन्तर्गतको संघ भएको चर्चा गर्दै बजार हल्लाको पछि नलागी संघमा एकतावद्ध हुन आग्रह गरे । कार्यक्रममा महासंघका प्रदेश महासचिव रामप्रसाद पाण्डे,पुर्व अध्यक्ष दिलबहादुर राना,तुलजी सारु,वरिष्ठ उपाध्यक्ष ध्रुवमणि ज्ञवाली,तृतीय उपाध्यक्ष मिना थापा तुलाधर,क्यालेण्डर प्रकाशन संयोजक एवं संघका महासचिव कृष्णप्रसाद पोखरेल लगायतले नयां वर्ष २०८१ सालमा उद्योग व्यवसाय क्षेत्रमा सुधार आउने भन्दै आशावाादी भएर लाग्न आग्रह गरे ।












