विपिन जोशीका परिवारले प्रधानमन्त्रीलाई भेट्यो

प्रकाशित मिति:

काठमाडौं, वैशाख – प्रधानमन्त्री पुष्पकमल दाहालसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ।शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको छ।

भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।सो क्रममा प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताए। भेटमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि थिए।