विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाईयो

प्रकाशित मिति:

बुटवल । नेपाल अटोमेकानिक्स ट्रेड युनियन सैनमैना नगर कमिटीले १३५औ मजदुर दिवसको उपलक्ष्यमा बाइक र्याली सम्पन्न गरेको छ । मजदुर दिवसका अवसरमा वाइक र्याली गरीएको हो । र्याली सैनामैना १ बन्कट्टा बाट शुरु भई मुर्गिया कलौनी सालझण्डी हरैया लगायत विभिन्न ठाउँमा कोण सभा हुँदै सैनामैना ८ रामापुरमा पुगेर कोण सभा गरीएको थियो । कोडसभामा नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रीय सदस्य अर्जुन भन्डारी प्रदेश सचिव गोपाल कुवर , प्रदेस उपाध्यक्ष गोपाल भण्डारीले मजदुर दिवस को बारेमा प्रकाश पार्नु भएको थियो ।

सैनामैना नगरक कमिटिका सल्लाहाकार समियल रायमाझीले मजदुरहर एकजुट भएर अगाडि बढ्नुपर्ने मा जोडदिनुभएको थियो ।संस्थाका अध्यक्ष श्रावण भट्टले सस्थामा जोडिने मजदुरहरुलाई नि शुल्क १ लाख सम्मको बिमाको ब्यवस्था गरेको बारे जानकारी गराउनु भएको थियो । त्यसैगरी कार्यक्रममा सस्थाका पुर्ब सल्लाहकार दुर्घटनामा परि मृत्यु हुनुभएका गोकुल ज्ञवालिको परिवार लाई सस्थाले आर्थिक सहयोग गरेको थियो । सैनामैना नगर कमिटी का संस्थापक अध्यक्ष रामजी भुसालको स्वागत मन्तव्य तथा सचीव रमेश ज्ञवालीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।