प्रकाश न्यौपाने
वैशाख २२ गते
नवलपरासी । धार्मिक पर्यटनमार्फत आर्थिक बिकास गर्ने सकिने लुम्बिनी प्रदेश सभा सदस्य एब लुम्बिनी प्रदेश बन वातावरण तथा पर्यटन समितिका सभापति बिश्वप्रेम पाठकले बताउनु भयो ।
शुभयात्रा नेपालको नवलपरासीको प्रथम शाखाको समुद्घाटन गर्दै पाठकले नेपाललाई धार्मिक र पर्यटकिय हिसाबले बिकास गर्ने सकिने धेरै सम्भावना रहेको बताउनु भयो । ” पर्यटनको बिकास बिना नेपालको द्रुत गतिमा आर्थिक बिकास गर्न सकिदैन त्यसैले अब लुम्बिनी प्रदेशले धार्मिक हिसाबले पर्यटनको बिकास गरि अगाडी बढ्ने रणनीति लिएको छ ।” पाठकले भन्नु भयो ।
नवलपरासी पर्यटकिय हिसाबले राम्रो सम्भावना बोकेको जिल्ला रहेको बताउदै पाठकले नवलपरासी जिल्लाबाट लुम्बिनी प्रदेशको पर्यटकीय क्षेत्रको बिकासको सुभारम्भ भएको पाठकको भनाइ छ ।
शुभ यात्रा नेपालका अध्यक्ष मधुशुधन गैरेले कालीगण्डकीको सेरोफेरोमा २५ बर्ष काम गरेको अनुभवले नेपाललाई प्राकृति केन्द्रित धार्मिक पर्यटनको बिकास गर्ने सकिने बताउनु भयो । अहिले हुगी घाटलाई पौवाहरुलाई मर्मत गर्ने र सुबिधा सम्पन्न पौवाहरु बनाउने तयारीका साथ अगाडि बढेको बताउदै गैरेले बताउनु भयो । ” गौमाताको व्यवस्थापनका लागी प्रदेश स्तरीय गाइ व्यवस्थापनका लागी गौ निकुञ्ज निती बनाउने, बादरको ब्यवस्थापनमा जटिल भएको अवस्थामा बाझा खेत र बारीहरुमा फलफूल लगाएर हनुमानजिको व्यवस्थापन गर्ने सकिने हुदा हामीले यसको अभियानमा लागेका छौँ ।” गैरेले भन्नुभयो ।
शुभयात्रा नेपालको ७ औं शाखाको रुपमा नवलपरासी शाखा स्थापना भएको छ । भोजराज चापागाईंको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको छ ।












