कोशीमा तेश्रो पटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की, केदार कार्की अदालत जाने

प्रकाशित मिति:

मोरङ, वैशाख – कोशी प्रदेशमा सत्ता गठबन्धन दलबाट नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन्।प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री केदार कार्कीलाई पदमुक्त गर्दै बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै सत्ता गठबन्धनले हिक्मतकुमार कार्कीलाई अघि बढाउन लागेको हो।एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबारै एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्ने तयारी रहेको बताए। एमालेका नेता कार्की यसअघि नै दुई पटक मुख्यमन्त्री भइसकेका नेता हुन्।