दारि ग्याङ रुपन्देही द्धाराको आयोजनामा भएको मिसन कबिता , गजल बाचन कार्यक्रम २०८१ सम्पन्न
कार्यक्रममा दारी ग्याङ रुपन्देहिका अध्यक्ष भरत पौडेलको अध्यक्षता, दारी ग्याङका संस्थापक अध्यक्ष एबम रुपन्देहिका सल्लाहाकार प्रदिप गैरे बर्बरिकूको प्रमुख आतिथ्यता, साहित्यकार कबिराज पौडेलको बिशिस्ट आतिथ्यता, साहित्यकार जयन्ती मगर सरगम, फर्साटिकर माबिका बिद्यालय ब्यवस्थापन अध्यक्ष नर बहादुर घर्ती, शिक्षक महासंघ लुम्बिनी प्रदेशका सह-अध्यक्ष छवि पाण्डे, शिक्षक महासंघ रुपन्देहिका अध्यक्ष लिलाधर न्यौपानेको विशेष आतिथ्यता तथा बिद्यालयका प्रधानाध्यापक देबराज पौडेल, क्याम्पस प्रमुख टंक पौडेल, बिद्यालय सह-प्रअ रामजी पौडेल, फर्साटिकर टोल बिकाश संस्थाका अध्यक्ष कृष्ण अर्याल, दारी ग्याङ रुपन्देहिका सल्लाहाकार कपिल अर्याल त्यसै गरी दारी ग्याङ रुपन्देही जिल्ला कार्यसमितिका उपाध्यक्ष सौगात पाठक, सचिब सौरभ प्रसाद ढकाल, कोषध्यक्ष संजय चालिसे, सह-सचिब बिष्णु पाण्डे, सदस्य लेलिन भुर्तेल, बिसन गहतराज, रमेश लम्साल, गंगेश गौतम, केशब शर्मा, उपसमिती आइटी संयोजक मधु पन्थ, दारी ग्याङ सुद्धोधन प्रतिनिधि रमेश खनाल, सैनामैना प्रतिनिधि लोचन पन्थी, तिलोत्तमा प्रतिनिधि जीवन विश्वकर्मा, बुटवल प्रतिनिधि सन्तोस न्यौपानेको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्नुहुदै विशिष्ट अतिथी साहित्यकार कबिराज पौडेलले साहित्य, कला र संस्कृति जगेर्ना गर्नको निम्ति दारी ग्याङले यसरी कार्यक्रम गरेकोमा आफू धेरै नै खुसि भएको र आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दा आफुले सक्दो साथ सहयोग गर्ने प्रतिबद्दता गर्नुभयो।
त्यस्तै प्रमुख अतिथी प्रदिप गैरे बर्बरिकले दारी ग्याङको परिचय दिदै हामिले गर्ने हरेक कामहरुमा सकारात्मक प्रतिकृया आइरहदा आगामी दिनमा यस्तै अनि नया कार्य गर्नको लागि दारी ग्याङलाइ थप हौसला मिलेको र सबैको साथ सहयोग सुझाब सल्लाहले नै हामी यहाँ सम्म आएको बताउदै सहयोगी मनहरुलाइ धन्यबाद समेत दिनुभयो।कार्यक्रममा ६५ जनाको उपस्थितिमा ३१ जना श्रजकहरुले आफ्ना लेख र रचना बाचन गर्नुभएको थियो। दारी ग्याङको नामकरण गर्ने व्याक्ति इतिहास तथा संस्कृतिविद् शताब्दी पुरुष स्व।सत्यमोहन जोशी ज्यु को तस्बिरमा माल्यर्पण गरि कार्यक्रम उद्घाटन गरिएको थियो। कार्यक्रममा स्वागत मन्तब्य दारी ग्याङ रुपन्देहिका सल्लाहाकार कपिल अर्यालले दिनुभएको थियो भने कार्यक्रम संचालन दारी ग्याङ रुपन्देहिका प्रबक्ता प्रदिप कोइरालाले गर्नुभएको थियो त्यस्तै कार्यक्रमको आफ्ना भनाइ राख्दै दारी ग्याङ रुपन्देहिका अध्यक्ष भरत पौडेलले कार्यक्रम समापन गर्नुभएको थियो।












