पोखरा । पोखरा पर्यटन परिषद् (पिटिसी)को आयोजनामा असारे रोपाइँ महोत्सव हुने भएको छ । ‘पोखरा सबै मौसमका लागि’ भन्ने सन्देश प्रवाह गर्न १९ औँ संस्करणको असारे रोपाइँ महोत्सवको तयारी गरिएको हो ।परिषद्ले हरेकवर्ष असार १५ अर्थात धान दिवशका दिन यो महोत्सव आयोजना गर्दै आएको छ । कार्यक्रमका संयोजक तारानाथ पहारीले विदेशी पर्यटकका सथै नेपाली पर्यटकहरुको सहभागितामा रोपाई महोत्सव हुने जानकारी दिए । यस वर्ष फेवा तलाको सिनार पोखरा–२३ मार्गी फेवाफाँटमा महोत्सव आयोजना गरिएको छ ।
पोखरामा हरेक वर्ष हुने यो महोत्सवले आन्तरिक र विदेशी पाहुना आकर्षित गदैँ आएको छ । हिलोमा रमाउन पाउने भए पछि यो महोत्सवले पर्यटकको बसाईअवधि बढाउन पनि सघाएको व्यवसायी बताउछन् ।’ पोखराको बढ्दो शहरीकरण र स्थानियको बदलिँदो जीवनशैलीलाई चिर्दैै यो महोत्सव परम्परागत खेती प्रणालीलाई पुस्तान्तरण गर्नमा पनि स्थापित भएको परिषद्को दावी छ ।महोत्सवमा हल गोरुको दौड प्रतियोगिता, असारे गीत तथा रोपाइँ, हिलोमा माछा समात्ने, दौड, रस्सा–कस्सी, हिलोमा भलिबल प्रतियोगिता सहित सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम रहेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।१० हजार जनाले महोत्सवको अवलोकन गर्ने आयोजकको अनुमान छ । ती मध्य चारपाँच सय पर्यटकले रोपाई महोत्सवका विविध कार्यक्रममा सहभागिता जनाउने छन् ।
श्रेष्ठले पोखरामा आन्तरिक र बाह्य पर्यटक आगमन बढाउन महोत्सव फलदायी भएको श्रेष्ठले बताए ।












