प्रकाश न्यौपाने
साउन १७ गते
नवलपरासी । नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ४ मा रहेको नगरकै धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित शिवालय मन्दिरमा यहि साउन २१ गते देखि २८ गते सम्म श्रीमदभागवत महापुराण तथा श्रृङ्गारिक महाआरती रुद्राभिषेक महाअनुष्ठान हुने भएको छ ।
भगवान शिवको प्रिय महिना साउनको अवसर पारेर शिव भक्तहरुलाई लक्षीत गरी धार्मिक मान्यता अनुसार नै शिवालय मन्दिर परिसरमा श्रीमदभागवत महापुराण तथा श्रृङ्गारिक महाआरती रुद्राभिषेक महाअनुष्ठान गर्न लागिएको आयोजक संस्थाले पत्रकार सम्मेलनको आयोजना गरेर नै जानकारी गराएको छ ।
यज्ञ सम्पादन मुल समितिका संयोजक नन्दलाल न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शिव मन्दिर विकास समितिका अध्यक्ष देवि पौडेल,सचिव कमला शर्मा,यज्ञ सम्पादन मुल समितिका आर्थिक संयोजक डि.बि. अधिकारी लगाएत बिभिन्न टोल विकास समितिका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
२०४२ सालमा स्थानिय समासेवी तथा धर्मअनुरागी ब्यक्तिहरुले स्थापना गरेको उक्त शिवालय मन्दिरलाई थप ब्यवस्थीत गर्नका लागि आयोजना गरीएको यस यज्ञमा ७÷८ लाख रुपैया खर्च हुने र २५ लाख बढी आर्थिक संकलन गर्न लक्ष्य लिएर अघिबढीएको आर्थिक समितिका संयोजक डि.बि. अधिकारीले बताउनु भएको छ । यज्ञवाट उठेको रकमले मन्दिर परिसरमा निमार्ण भएका अधुरा कामहरुको पूर्णताका लागि खर्च गरीने समेत पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
यहि साउन २१ देखि २८ गते सम्म हुने श्रीमद्भागवत महापुराण तथा श्रृङ्गारिक महाआरती रुद्राभिषेक महाअनुष्ठानमा पं.चन्द्रकान्त काफ्लेले कथा वाचन गर्ने र यज्ञमा नगद ५ हजार भन्दा बढी दानगर्ने दानविरहरु सबैलाई एकै प्रकारको सम्मान गरीने यज्ञ सम्पादन मुल समितिका संयोजक नन्दलाल न्यौपानेले बताउनु भएको छ ।नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. ४ मा रहेको नगरकै धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित शिवालय मन्दिरमा यहि साउन २१ गते देखि २८ गते सम्म श्रीमदभागवत महापुराण तथा श्रृङ्गारिक महाआरती रुद्राभिषेक महाअनुष्ठान हुने भएको छ ।
भगवान शिवको प्रिय महिना साउनको अवसर पारेर शिव भक्तहरुलाई लक्षीत गरी धार्मिक मान्यता अनुसार नै शिवालय मन्दिर परिसरमा श्रीमदभागवत महापुराण तथा श्रृङ्गारिक महाआरती रुद्राभिषेक महाअनुष्ठान गर्न लागिएको आयोजक संस्थाले पत्रकार सम्मेलनको आयोजना गरेर नै जानकारी गराएको छ ।
यज्ञ सम्पादन मुल समितिका संयोजक नन्दलाल न्यौपानेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा शिव मन्दिर विकास समितिका अध्यक्ष देवि पौडेल,सचिव कमला शर्मा,यज्ञ सम्पादन मुल समितिका आर्थिक संयोजक डि.बि. अधिकारी लगाएत बिभिन्न टोल विकास समितिका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
२०४२ सालमा स्थानिय समासेवी तथा धर्मअनुरागी ब्यक्तिहरुले स्थापना गरेको उक्त शिवालय मन्दिरलाई थप ब्यवस्थीत गर्नका लागि आयोजना गरीएको यस यज्ञमा ७÷८ लाख रुपैया खर्च हुने र २५ लाख बढी आर्थिक संकलन गर्न लक्ष्य लिएर अघिबढीएको आर्थिक समितिका संयोजक डि.बि. अधिकारीले बताउनु भएको छ । यज्ञवाट उठेको रकमले मन्दिर परिसरमा निमार्ण भएका अधुरा कामहरुको पूर्णताका लागि खर्च गरीने समेत पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।
यहि साउन २१ देखि २८ गते सम्म हुने श्रीमद्भागवत महापुराण तथा श्रृङ्गारिक महाआरती रुद्राभिषेक महाअनुष्ठानमा पं.चन्द्रकान्त काफ्लेले कथा वाचन गर्ने र यज्ञमा नगद ५ हजार भन्दा बढी दानगर्ने दानविरहरु सबैलाई एकै प्रकारको सम्मान गरीने यज्ञ सम्पादन मुल समितिका संयोजक नन्दलाल न्यौपानेले बताउनु भएको छ ।