काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च रहेको छ। शुक्रबार प्रतितोलामा १ लाख ४९ हजार ६०० रुपैयाँले कारोबार भएको छापावाल सुन मूल्यकाे रेकर्ड तोड्दै आइतबार १ लाख ५३ हजार रुपैयाँ नजिक पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ५२ हजार ६०० रुपैयाँ पुगेको छ। यस्तै शुक्रबार तोलामा १ हजार ७६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर आइतबार तोलामा १ हजार ८१० रुपैयाँ पुगेको हो।












