२६०२ औं ल्होसारको अवसरमा माइती चेली भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
तमु समुदायको महान पर्व २६०२ औं ल्होसारको अवसरमा आज बुटवलको रामनगरमा ११ औं माइती चेली भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।योज तमु समाज गुल्मी गैदुङगे तराइवासी बुटवल उपमहानगर समितिको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरुले तमु समुदायको भाषा–धर्म र संस्कार–संस्कृतिका लागि गुरुङहरु एकजुट हुंनुपर्नेमा जोड दिएका थिए । उनीहरुले ल्होसारमा दिंदैं आएको विदा कटौति गरेको भन्दैं दुःख व्यक्त गरेका थिए । कार्यक्रममा योज तमु समाज लुम्बिनी क्षेत्रीय
समिति,रुपन्देहीका अध्यक्ष सुवेदार भुपाल गुरुङ,उपाध्यक्ष प्रेम गुरुङ,सचिव राजु गुरुङ,तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्,रुपन्देहीका पूर्व उपाध्यक्ष टेकबहादुर गुरुङ,डा.चेतमान गुरुङ,केशव गुरुङ,घनसिंह गुरुङ,लालबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।समाजका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा खिल्यो कुकुर वर्गको विदाई र फोल्यो मृग वर्गको स्वागत गदैं स्याई–स्याई गरिएको थियो ।रुपन्देही,नवलपरासी,कपिलवस्तु,चितवन,पोखरा,गुल्मीका करिव पांच सय योज चेलीवेटीको कार्यक्रममा सहभागिता रहेको अध्यक्ष गुरुङले बताउंनुभयो ।












