रोट्रयाक्ट क्लब अफ बुटवल साउथको २२ औ चार्टर्ड नाइट एवं धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न।
बुटवल – रोट्रयाक्ट क्लब अफ बुटवल साउथको २२ चार्टर्ड नाइट समारोह सम्पन्न भएको छ । तिलोत्तमा जानकिनगर स्थित होटेल दि क्राउन इन मा आइतबार कार्यक्रम भएको हो । रोट्रयाक्ट क्लब अफ बुटवल साउथका अध्यक्ष सुदिप पौडेलको अध्यक्षता भएको कार्यक्रममा अध्यक्ष सुदिप पौडेलले आफ्नो कार्यकालमा क्लबले गरेका विभिन्न कार्यक्रमहरुमा कार्यक्रम संयोजकको भुमिका लिने क्लबका सदस्य एवं पदाधिकारीहरु सगै बोर्डका पदाधिकारीहरुलाइ मायाको चिनोद्वारा सम्मान गर्नु भएको थियो त्यसैगरि क्लबका सस्थापक सदस्य एवं पदाधिकारीहरु , पुर्ब अध्यक्षहरुलाइ सम्मान पत्र बाट सम्मान गरिएको थियो । रोटरि क्लब अफ बुटवल साउथका सस्थापक अध्यक्ष प्रोफेसर डाक्टर रामचन्द्र आचार्यको प्रमुख आतिथ्यता ,रोट्रयाक्ट डिस्ट्रिक्टका डिआरआर बिक्रम क्षेत्रि, डिआरसि चियर कृष्ण प्रसाद पाण्डे , रोटरि क्लब अफ बुटवल साउथका अध्यक्ष इन्जिनियर दुजेन्द्र बस्नेत र जोन १९ का जेडआरआर बिदुर ज्ञवालिको बिशिस्ट आतिथ्यता रहेको कार्यक्रममा रोटरि क्लब अफ बुटवल साउथका पदाधिकारीहरु, रोट्रयाक्ट डिस्ट्रिक्टका सेक्रेटरी तथा क्लबका आइपिपि सुबिन खड्का , रोट्रयाक्ट साउथका पुर्ब अध्यक्ष एवं पदाधिकारीहरु , टुइन क्लब रोट्रयाक्ट क्लब अफ काठमाडौंकि अध्यक्ष कृतिका दाहाल सगै रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का विभिन्न पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा क्लबले बर्ष २०२४/२५ को हालसम्म आइपुग्दा ७३ वटा कार्यक्रमहरु,२१ वटा नियमित बैठक र ०८ वटा बोर्ड बैठक सम्पन्न गरिसकेको जानकारी दिदै डिआरआर भिजिट र जेडआरआर भिजिट सम्पन्न भैसकेको बताउदै क्लबको महत्त्वपूर्ण उपलब्धिको रुपमा रोट्रयाक्ट डिस्ट्रिक्टको आयोजनामा सम्पन्न १७ औ डिस्ट्रिक्ट सम्मेलनको होस्ट क्लबको महत्त्वपूर्ण कार्यक्रम गर्न सफल भएको बताएको छ । चार्टर्ड नाइट एवं धन्यवाद ज्ञापन कार्यक्रममा प्रमुख अतिथि डाक्टर रामचन्द्र आचार्य , बिशिस्ट अतिथिहरु बिक्रम क्षेत्री , कृष्ण प्रसाद पाण्डे , इन्जिनियर दुजेन्द्र बस्नेत , बिदुर ज्ञवालि , क्लबका सस्थापक सचीव पिताम्बर खनाल , क्लबका पुर्ब अध्यक्ष निशान बाबु कार्की , टुइन क्लब अध्यक्ष कृतिका दाहाल , ब्रदर क्लब अध्यक्ष राजु भुर्तेल लगायतले सुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमका संयोजक एवं क्लबका निर्वाचित अध्यक्ष तुल्सिराम भण्डारी (इपाल) को स्वागत र क्लबका सचीव राहुल न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।












