कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देहीले गर्यो डिजिटल साक्षरता र सुरक्षा सम्मेलन
बुटवल । कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देहीले डिजिटल साक्षरता र सुरक्षा सम्मेलन तथा रक्तदान कार्यक्रम गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाको सहकार्यक्रमा कार्यक्रम आयोजना गरीएको हो ।
कार्यक्रममको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले नेपालको समग्र विकासमा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको बताए । बुटवलले नागरीकलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि सूचना प्रविधिको प्रयोग बढाउँदै लगेको बताउँदै पछिल्लो समय कार्यालय तथा संघसंथाहरुमा प्रविधिको प्रयोग अनिवार्य बनेको नगर प्रमुख पाण्डेले बताए । प्रविधिको विकास र प्रयोगले सरकारी कार्यालयहरुमा घण्टौँ लाग्ने काम घरमै बसेर केहि मिनेटमै गर्न सकिने भन्दै यसका लागि डिजिटल साक्षरता तालिम आबश्यक रहेको उनको भनाई थियो । साथै उनले पछिल्लो समय यूवा पुस्तामा मोबाइल फोनको दुरुपयोग बढ्दै गएको बताउँदै यसैलाई आम्दानीको स्रोत बनाउन सुझाए । सिप सिकेर प्रविधिको प्रयोग गरी मोबाइलबाटै राम्रो आम्दानी गर्न सकिने उनको भनाई थियो ।
कार्यक्रममा क्यान महासंघका केन्द्रीय अध्यक्ष सुनैना घिमिरे पाण्डेले देशमा पछिल्लो समय साइबर हमलाका घटना बढ्दै गइरहेको भन्दै सचेत बन्नुपर्ने बताइन् । डिजिटल साक्षरताको आबश्यकता बढ्दै गएको बताउँदै उनले नेपालमा सूचना प्रविधिको विकास बारे जानकारी गराइन् । क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारीले डिजिटल प्रविधिको प्रयोग बढ्दै गइरहेको अबस्थामा यसको आबश्यकता, सम्भावना र चुनौतीबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरीएको बताए । कार्यक्रममा डिजिटल उपकरण प्रयोग गर्ने तरिका र त्यसका नीति निमयमका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान लुम्बिनी प्रदेशका निर्देशक अनुप बास्कोटाले पछिल्लो समय संसारभरनै साइबर अपराधका घटना बढ्दै गएको बताउँदै साइबार सुरक्षा बारेमा प्रष्ट पारे । नेपालमा पनि यसबाट पीडित हुनेको संख्या बर्षेनी बढ्दै गएकोले यसतर्फ सचेत हुनेपर्ने बताए । बिभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई बिभिन्न प्रलोभनमा पारेर तथा मोबाइन बैंकिङमा पहुँच पु¥याएर ठगी गर्नेक्रम बढ्दै गएको बताउँदै यसबाट जोगाउन सचेतनामुलक कार्यक्रम आबश्यक रहेको उनले बताए ।यस्तै आइटी इन्जिनियर राहुल शाक्यले पछिल्लो समय सूचना प्रविधिको विकाससँगसँगै सुरक्षा चुनौती पनि बढ्दै गएको बताए । सामाजिक सञ्जालको गलत प्रयोगका कारण गम्भीर घटना हुने गरेको बताउँदै यसको सहि प्रयोग गरी विपद्को समयमा तत्काल सूचना प्रवाह र उद्धार गर्न सकिनेमा जोड दिए । आइटी विज्ञ शिव भट्टराईले डिजिटल साक्षरताका बारेमा प्रस्तुतिकरण गर्दै नेपालमा डिजिटल साक्षरता दर बढाउन जरुरी रहेको बताए । इन्टरनेटको समस्याका कारण गाउँगाउँमा डिजिटल प्रविधिको प्रयोग र साक्षरता बढाउन नसकिएको उनले बताए । कार्यक्रममा क्यान महासंघका पूर्व केन्द्रीय अध्यक्ष नवराज कुँवर, केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्व अध्यक्ष नारायण श्रेष्ठ, क्यानका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी, विद्यार्थीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन क्यान महासंघ रुपन्देहीका सचिव शुरेसचन्द्र भट्टराईले गरेका थिए ।












