गौतम बुद्ध स्मारक समुद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

सैनामैना, २०८२ जेठ २९ – सैनामैना नगरपालिका–६, कलौनीमा दुधराक्ष युवा क्लबको आयोजनामा सम्पन्न गौतम बुद्ध स्मारक समुद्घाटन तथा सम्मान कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा माननीय भौतिक पूर्वाधार विकास मन्त्री श्री भूमिश्वर ढकालज्यूको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नगर प्रमुखज्यू, उप–प्रमुखज्यू, निवर्तमान नगरप्रमुखज्यू, वडा अध्यक्षज्यू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका सम्माननीय व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै दुधराक्ष युवा क्लबद्वारा निर्माण गरिएको गौतम बुद्ध स्मारकको समुद्घाटन गरिएको हो।

क्लबका सचिव तथा स्मारक निर्माण समितिका संयोजक पदम पाण्डेले जानकारी दिनुहुँदै स्मारक निर्माणमा स्थानीय समुदायको साथसहयोग र क्लबका सदस्यहरूको समर्पणको प्रशंसा गर्नुभयो। उहाँका अनुसार स्मारक निर्माण शान्तिका दूत गौतम बुद्धको योगदानलाई स्थायी रूपमा स्मरण गराउने उद्देश्यका साथ गरिएको हो।

दुधराक्ष युवा क्लबले विभिन्न समयमा खेलकुदका कार्यक्रमहरू सञ्चालन गर्नुका साथै सामाजिक कार्यहरूलाई पनि उत्तिकै प्राथमिकता दिंदै आएको छ। स्वास्थ्य शिविर, सरसफाइ अभियान, रक्तदान, र शैक्षिक सहयोगजस्ता क्रियाकलापमार्फत क्लबले समाजप्रति सकारात्मक योगदान दिँदै आएको छ।