“गल्याङ नगरपालिका द्वारा मौरी को घार वितरण कार्यक्रम सम्पन्न”

प्रकाशित मिति:

गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई को प्रमुख उपस्थितिमा गल्याङ नगरपालिका द्वारा मौरीपालक कृषकहरुलाई मौरी गोला तथा मौरी घार वितरण कार्यक्रम सम्पन्न भएको छ।गल्याङ नगरपालिका को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत मौरी पालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा मौरी गोला तथा मौरी घार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिका भित्रका मौरी पालन गर्न ईच्छुक किसानहरुका लागि १५५ मौरी सहितको घार र ७५ खाली घार गरि जम्मा २३० घार मौरी वितरण गरिएको छ।गल्याङ नगरपालिका को एक घर एक मौरीको नितीलाई सफल बनाउदै मौरी पालनलाई व्यवसायिक बनाई मौरी जन्य उत्पादन मा वृद्धि गर्ने उद्देश्यले मौरीको घार वितरण कार्यक्रम सम्पन्न भएको हो।