काठमाडौं, जेठ सरकारले वृद्धभत्ता ७० वर्ष पुगेपछि मात्रै वितरण गर्ने भएको छ।बिहीबार संघीय सदनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिक भत्ता ७० वर्ष पुगेपछि वितरण गराइने बताए। यसअघि ६८ वर्ष पुगेपछि जेष्ठ नागरिक भत्ता दिइने गरिएको थियो।यस्तै, सरकारले बजेटमार्फत सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब ९ अर्ब रुपैयाँ व्यवस्था गरेको छ। अर्थमन्त्री पौडेलले जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले उक्त १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेको जानकारी गराए।‘जेष्ठ नागरिक लगायत लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता दिने उद्देश्यले १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरिएको छ,’ अर्थमन्त्री पौडेलले भने।












