लायन्स क्लब अफ तिलोत्तमा स्टार्स र तिलोत्तमा नगरपालिकाको सहकार्यमा निर्मित यात्रु प्रतिक्षालयको उद्घाटन 

प्रकाशित मिति:

तिलोत्तमा – लायन्स क्लब अफ तिलोत्तमा स्टार्स र तिलोत्तमा नगरपालिकाको सहकार्यमा तिलोत्तमा–८, मणिग्राम चोकको पश्चिमतर्फ निर्मित यात्रु प्रतिक्षालयको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। अध्यक्षता लायन लायन्स क्लब अफ तिलोत्तमा स्टार्सकि अध्यक्ष बिना पौडेल क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण रहनुभएको थियो।कार्यक्रममा विशेष अतिथिका रूपमा डिस्ट्रीक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, निवर्तमान डिस्ट्रीक्ट गभर्नर अर्जुनमान सैजु, इलेक्ट डिस्ट्रीक्ट गभर्नर बालाराम भट्टराई, इलेक्ट प्रथम भाइस डिस्ट्रीक्ट गभर्नर सन्दीप कशौधन, तिलोत्तमा–५ का वडाध्यक्ष रमेश डुम्रे तथा ट्राफिक प्रहरी कार्यालय मंगलापुरका प्रहरी बरिष्ठ नायब निरीक्षक ज्ञानेश्वर शर्मा लगायत विभिन्न सम्माननीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै, नोमिनेटेड डिस्ट्रीक्ट सेक्रेटरी एम.एल. पाण्डे, ट्रेजरर लायन सङ्गम न्यौपाने, एलसीआइएफ कोर्डिनेटर अर्चित श्रेष्ठ, जिएसटी कोर्डिनेटर आशिष् कृष्ण श्रेष्ठ, एरिया ३ कि एरिया चिफ शान्ति पाठक पाण्डे, नोमिनेटेड एरिया चिफ कृष्ण पाण्डे, जोन चेयरपर्सन अन्जिल खान, लायन्स बुटवल स्टार्स क्लबका पूर्व अध्यक्ष रिन्कु लिगल, वर्तमान अध्यक्ष भूपेन्द्र अर्याल र बुटवल इलाइट क्लबका अध्यक्ष अरुण ज्ञवालीको समेत उल्लेखनीय उपस्थिति थियो। उक्त कार्यक्रममा कार्यक्रम संयोजकको रूपमा रमेश पराजुली सगै क्लबको संस्थापक अध्यक्षको रुपमा लक्ष्मी थापाको महत्वपूर्ण भूमिका रहेको थियो।

कार्यक्रममा बोल्दै नगरप्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण खाणले लायन्स क्लब अफ तिलोत्तमा स्टार्ससँगको सहकार्यलाई उच्च सराहना गर्दै भविष्यमा पनि यस्तै सामाजिक काममा साथ दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले नव निर्मित प्रतिक्षालय अरु भन्दा विशेष रहेको उल्लेख गर्दै आधुनिक डिजाइन, आकर्षक र ऐतिहासिक महत्त्व झल्किने छानाको संरचना, तापक्रम मापन यन्त्र, डिजिटल घडी तथा नगरका प्रमुख स्थानहरूसम्मको दूरी जानकारी र टोल–फ्री सम्पर्क नम्बरहरूको समावेशजस्ता विशेषताहरूलाई उल्लेखनीय बताउनु भयो । कार्यक्रममा बोल्दै डिस्ट्रीक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले प्रतिक्षालयको निर्माण कार्य अत्यन्तै उत्कृष्ट सामाजिक कार्य भएको बताउँदै प्रसंसा व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन नारायण अधिकारीले गर्नुभएको थियो।