तिलोत्तमा, असार ३० । रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुको लागि सोमबार अभिमुखिकरण कार्यक्रम गरेको छ ।
विहानी र दीवा समूहका विद्यार्थीहरुलाई छुट्टाछुट्टै कार्यक्रम गरेर विद्यालयको संरचना, पठन पाठनका पद्धति, संस्कार, जीवनमा सफलता प्राप्त गर्नका लागि अपनाउनुपर्ने कार्यहरु लगायतका विषयमा जानकारी गराईएको थियो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शान्ति नमुनाले नगरको मात्र नभएर देशकै शान बढाएको भन्दै अब्बलताको उत्कृष्ट उदाहरणको रुपमा आफूलाई प्रमाणित गरेको बताउनुभयो ।
यस्तै शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बञ्जाडेले रुपन्देही जिल्ला देशकै शैक्षिक हव बन्न सफल भएको भन्दै त्यसको लागि शान्ति नमुनाले पु¥याएको योगदानको चर्चा गर्नुभयो ।
कार्यक्रममा तिलोत्तमा वडा नं ५ का अध्यक्ष रमेश डुम्रे, वडा नं ६ का अध्यक्ष गणेश पाठक, विद्यालयका सल्लाहकार टेक बहादुर थापा, प्रधानाध्यापक कुल प्रसाद लामिछाने, कक्षा ११ का संयोजक भोजराज वस्ती, विद्यार्थी सर्वदा विश्वकर्मा लगायतले विचार व्यक्त गर्नुभएको थियो ।
विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षता तथा शिक्षक दिनेश खड्काको सहजिकरणमा भएको कार्यक्रममा कक्षा ११–१२ संयोजक राजेन्द्र के.सी., विज्ञान समुह संयोजक लिलाबल्लभ पाण्डे, वरिष्ट अधिवक्ता तुल्सीराम ढकालले विभिन्न विषयका सन्दर्भमा अभिमुखिकरण गर्नुभएको थियो ।
सोही अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुती राखेका थिए भने उत्कृष्ट स्वंयमसेवकलाई पुरस्कृत गरिएको थियो ।











