करेन्ट लाग्दा स्याङ्जामा एक महिलाको मृत्यु ।

प्रकाशित मिति:

असोज १५, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ आरचौरमा फ्रिज सफा गर्ने क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३४ वर्षीया शान्ती सिग्देल हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार असोज १४ गते बिहान करिब ८ बजे फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर सिग्देल घाइते हुनुन्हएको थियो ।
घाइते सिग्देलको आँधिखोला गाउँपालिका–१ स्थित पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो । थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएकी उहाँलाई चिकित्सकले दिउँसो १ः४२ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।