राममणि बहुमुखी क्याम्पसमा माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालका लागि एक दिने प्रशिक्षण
मणिग्राम । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसले माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालका लागि एक दिने प्रशिक्षण आज (शुक्रबार) सम्पन्न गरेको छ । तिलोत्तमा नगरभित्रका विद्यालयका लागि आयोजित “वर्तमान कर तथा लेखा प्रणाली सम्बन्धमाविद्यालयका प्रधानाध्यापक तथा लेखापाललाई प्रशिक्षण” कार्यक्रममा चार्टर्ड अकाउण्टेण्ट प्रमोद पन्थीले प्रशिक्षण दिनुभएको थियो ।क्याम्पस समुदाय सहकार्य’ कार्यक्रम अन्तर्गत सञ्चालित प्रशिक्षणमा करका दर तथा प्रकार, मूल्य अभिवृद्धि कर प्रणाली, सार्वजनिक खरीदका विषय लगायतमा अन्तक्र्रियात्मक तालिम दिइएको क्याम्पसका लेखापाल विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।
त्यसअघि प्रशिक्षण उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका शिक्षा शाखाका प्रमुख गंगाराम आचार्यले सरकारले गर्नुपर्ने काम राममणि क्याम्पसले गरेकोमा आभार व्यक्त गर्दै सहज लेखा प्रणालीका लागि प्रशिक्षण उपयोगी हुने बताउनुभयो ।क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धिताल र क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले कानुनी विषयमा अनभिज्ञ छु भनेर छुट नपाइने हुँदा विधियुक्त काममा सघाउ पु¥याउन प्रशिक्षण आयोजना गरिएको उल्लेख गर्नुभयो ।क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा गौतमबुद्ध मा.वि.का प्रधानाध्यापक मृगेन्द्र रिजाल, विश्व एकता एकेडेमीका लेखापाल निलम पाण्डे लगायतले विद्यालयका लेखा प्रणालीबारे प्रशिक्षणले थप स्पष्ट पारेको बताउनुभयो ।












