आरोही व्यक्तित्व सम्मान २०८२ मा गायक समाजसेवी र कुशल कार्यक्रम सञ्चालक सम्मानित सम्मानित

प्रकाशित मिति:

काठमाडौं – संगीतकार तथा गायक विनय कार्की र उनको ब्यान्ड ‘थुंगा ब्यान्ड’को पहिलो गीत “नयाँ नयाँ” को भिडियो सार्वजनिक तथा लाइभ कन्सर्ट समारोहमा “आरोही व्यक्तित्व सम्मान – २०८२” प्रदान गरिएको छ।
यो सम्मान यसै वर्षबाट प्रारम्भ गरिएको हो।
समारोहमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका चार विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरुमा वरिष्ठ गायक दीप श्रेष्ठ, समाजसेवी नारायण भण्डारी, समाजसेवी रवीन्द्र भण्डारी र लोकप्रिय उद्घोषक तथा ‘द भ्वाइस अफ नेपाल’का सञ्चालक सुशील नेपाल रहेका छन्।
“नयाँ नयाँ” गीतको म्युजिक भिडियोमा स्वयं विनय कार्की, करिश्मा श्रेष्ठ र सन्तोष बानियाँको अभिनय रहेको छ। गीतको प्रस्तुतकर्ता भने ‘आरोही बिट्स’ रहेको छ।
गायक कार्कीले यो सम्मान कार्यक्रम हरेक वर्ष आयोजना गरिने जानकारी दिए ।