रोटरीले गरेका कामको डिष्ट्रिक गर्भनर कोईरालाद्धारा भिजिट मानविय सेवाका लागि रोटरीमा एकता र युनाईटेट जरुरी
बुटवल २८ साउन- रोटरी क्लव अफ बुटवलले यस क्षेत्रमा गरेका सामाजिक कामको रोटरी ३२९२का डिष्ट्रिक गर्भनर विनोद कोईराला सेक्रेटरी सुभाष सिग्देलको टोलीले स्थलगत भिजिट गरेको छ । विशेष गरि रोटरी क्लव अफ बुटवलले तिलोत्तमाको वनवाटिका तथा अनुसंन्धान केन्द्र भित्र संचालन गरेको मोनो रेल, रोटरी वाटिका, ई लाइबेरी तथा शाईन्स थे्रटर , रक्तदानका लागि प्रदान गरिएको रोटरी एम्बुलेन्स बस ,एम्बुलेन्स भ्यान, मगरघाटमा निर्माण गरिएको पर्यावरण मैत्री रोटरी शवदाह गृहको अवलोकन गर्नु भएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले बताउनु भयो । निरिक्षणका क्रममा वनवाटिका तथा अनुसंन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डेले रोटरीले मानविय सेवा संगै पार्कमा ठुलो लगानीमा संचालित परियोजनावाट वार्षिक करिव २० लाख आम्दानी हुने गरेको र सो आम्दानीको २० प्रतिशत आपतकालिन कोष मा राखेर परियोजना संचालन गदै गर्दा मर्मत संभार गर्नु पर्दाको समयमा खर्च गर्ने गरि व्यवस्था मिलाईएको सुनाउनु भयो ।
अवलोकन पछि अफिसियल क्लव भिजिट, १५७७ रेगुलर मिटिङ र तेस्रो क्लव एसेम्बल्ली कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा डिष्ट्रिक गर्भनर कोईराला समक्ष रोटरी क्लव अफ बुटवलले वर्ष २०२५।२६मा गर्ने वार्षिक कार्यक्रमका वारेमा जानकारी गराईएको थियो । कार्यक्रममा क्लवका एडमिन डाईरेक्टर खिमनारायण पराजुली , क्लव सर्भिस डाईरेक्टर लालहरि पाण्डे, द रोटरी फाउन्डेशन डाईरेक्टर छबिन्द्र भट्रराई मेम्वर सिप कमिटी डाईरेक्टर जीवकान्त काफ्ले, पब्लिक कमिटी डाईरेक्टर गोबिन्द खनाल , प्रिसिडेन्ट ईलेक्ट मधु प्रसाद अर्यालले क्लवले यो वर्ष गर्ने, आ आफ्ना सेक्टरका काम वारे प्रकाश पार्नु भएको थियो । सोही समारोहमा क्लवका पूर्व अध्यक्ष अजयमान श्रेष्ठले रोटरीहरुले आयोजना गर्ने पदहस्तान्त्ररण कार्यक्रम भडकिलो हुने गरेकोमा सच्चाउन र रोटरीयनले तिदै आएको शुल्कलाई बढाउन र खर्चलाई कम गर्न सुझाव दिनु भयो ।
रोटरी क्लबका तर्फवाट राखिएका कार्ययोजना सुनिसकेपछि निकै प्रफुल्ल हुनु भएका डिष्ट्रिक गर्भनर विनोद कोईरालाले रोटरीको महत्वलाई थप उचाईमा पुराउदै दाताहरुसंगको सम्बन्धलाई थप प्रगाढ बनाउन सके दाताहरुको सहयोगमा बृद्धि हुने र मानविय आवश्यकताका थप काम गर्न सहज हुने धारणा राख्नु भयो । गर्भनर कोईरालाले विश्वमा शान्ति स्थापनाका लागि रोटरीको योगदान महत्वपूर्ण रहेको भन्दै विश्वभर स्कलर्स सिप मार्फत पिस स्कलर्सहरु तयार गरी करिब १९ सय पिस स्कलर्सलाई शान्ति स्थापनाका लागि खटाईएको बताउनु भयो । उहाँले रोटरीमा एकता र युनाईटेट जरुरी रहेको प्रसङ उल्लेख गदै नहुनेहरुलाई दिन सक्ने र नभएकाहरुको आवश्यकता पुरा गर्नका लागि मानविय सेवाले ओतपोत हुन निर्देशन समेत दिनु भएको थियो । क्लबका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शिव कुमार ज्ञवालीले सहजिकरण गर्नु भएको थियो ।










