साउन, कञ्चन- अन्तराष्ट्रिय युवा दिवसः २०२५को अवसरमा कञ्चन साथी सञ्जाल, रुपन्देहीको आयोजनामा मंगलवार दिगो विकासमा युवाहरुको नेतृत्वका लागि योग उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ। “दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागिता समृद्धिको आकारू भन्ने नाराका साथ मनाएको युवा दिवस अवसरमा आयोजित सो कार्यक्रममा योगा गुरु निर्मल गुरुङ्ग र उत्प्रेरणात्मक प्रशिक्षक राजन शर्माले प्रशिक्षण दिनु भएको थियो। कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले युवाहरु देशको मुख्य मेरुदण्ड भएको र मेरुदण्ड नै कमजोर भयो भने जसरी शरीरिक रुपमा अशक्त हुने गर्दछ त्यसरी नै देशको आर्थिक, सामाजिक, राजनैतिक रुपमा समेत कमजोर हुने बताउनुभयो। उपाध्यक्ष थापा मगरले युवाहरुलाई शारीरिक, मानसिक, सांस्कृतिक रुपमा समेत स्वस्थ र अव्वल बनाउन कञ्चन साथी सञ्जालले सञ्चालन गरेको दिगो विकासमा युवाहरुको नेतृत्वका लागि योग उत्प्रेरणा कार्यक्रमले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो। देशको दिगो बिकासका लागि असल, अनुशासित र सभय युवाहरुलाई नेतृत्व दिनु पर्ने आजको आवस्यकता भएपनि कतिपय युवाहरुमा निरासा छाउनुमा सकारात्मक सोंच र चिन्तनको कमी भएकोले त्यसका लागि नियमित व्यायाम र योगाभ्यास आवस्यक रहेको उपाध्यक्ष थापा मगरले बताउनु भयो।
यस्तै कञ्चन गाउँपालिका वडा न. १ का वडा अध्यक्ष हरिनारयण थारुले अवको युवालाई प्रविधिको उपयोगसंगै अनुशासन, सहकार्य, एकता, एकाग्रता र समन्वयात्मक चिन्तनको बिकास गर्न सकेमात्र युवा दिवसको सार्थकता रहने बताउनुभयो। कुनै पनि क्षेत्रको दिगो बिकास र उक्त बिकासमा युवाहरुको नेतृत्वलाई स्थापित गर्न आवस्यक रहेको भन्दै वडा अध्यक्ष थारुले युवाहरुमा नेतृत्व बिकासका लागि ध्यान र चिन्तनको आवस्यक पर्ने र त्यसका लागि योग र योगाभ्यास अनिवार्य रहेको समेत बताउनु भयो। यस्तै कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन साथी सञ्जालका उपाध्यक्ष बिष्णु सुनारले समाज रुपान्तरणको मुख्य अंशियार युवाहरु भएकाले युवाहरुमा असल नेतृत्व र असल नेतृत्वका लागि उनिहरुको व्यक्तित्व बिकास गर्नु आवस्यक रहेको बताउनु भयो कञ्चन साथी सञ्जालका सचिव उषा सुनारको सञ्चालनमा भएको कार्यक्रममा कञ्चन गाउँपालिका गाउँ कार्यपालिकाको सहयोग तथा सुनगाभा सामुदायिक विकास केन्द्रको समन्वयमा भएको थियो। कञ्चनका करिब ८० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको कार्यक्रम दियो सभाहलमा भएको थियो।










