जिपी कोईराला फाउन्डेशनद्वारा भव्यरुपमा तेस्रो वार्षिक- BBQ एवं बनभोज कार्यक्रम सम्पन्न
न्युयोर्क। गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा अमेरीकाको क्वीन्स् ब्रीज पार्कमा वृहत बनभोज एवं आपसी भेटघाट र सौहार्दता आदान-प्रदान कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न भयो।यस कार्यक्रमका प्रमुख अतिथी New York State Comptroller Thomas DiNapoli हुनुहुन्थ्यो। नेपाली समुदायका सयौं महानुभावहरु लगायत अमेरीकी समाजसेवी एवं सामाजिक एवं राजनैतिक व्यक्तित्वहरुले भरीभराउ उक्त कार्यक्रम करीब ३०० जनाको उपस्थीतीमा बिहान १० बजेको खाजा( ब्रेकफास्ट) बाट शुरु भै अपराह्न करीब ६ बजेसम्म संचालित थियो।अपराह्न केहीसमयको बर्षाले कार्यक्रमलाई अबरोध गरेतापनी बर्षा रोकीएपछी कार्यक्रम पुनः निरन्तर चालुरहेको थियो। सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा न्युयोर्क सिटी कम्प्ट्रोलर थोमस् डी नपोली हुनुहुन्थ्यो।वहाँले आफुलाई जिपीके फाउन्डेशनले प्रमुख अतिथीको रुपमा आमन्त्रण गरी नेपाली समुदायसँग सौहर्दता साट्ने अवसर दिएकोमा हार्दिक आभार व्यक्त गर्दै नेपाल र नेपालीको व्यवहार र आगामी दिनहरुमा अझ गहीरो र विश्वसनीय वातावरण वनोस् भनी शुभकामना व्यक्त गर्नुभयो।
अन्य अतिथिगणमा न्युयोर्कका एसेम्ब्ली मेम्बरहरु जेनिफर राजकुमार र स्टेभेन रागा, न्युयोर्क सीटी काउन्सिल सदस्य शेखर कृष्णन्, क्वीन्स डिस्ट्रिक्ट सिभिल कोर्टकी न्यायाधीश सोमा सायद र हुनेवाला सिभिल कोर्टकी न्यायाधीश द्वय ईभ ग्लोरिगन र थोमस राईट्स, संयुक्त राष्ट्रसंघकी युवा राजदुत डा. उज्मा गुल, स्पेन वाट शिक्षाविद् आन्ड्रेया वेन, वैज्ञानिक डा. लियोगं यिंग, गयानीज अमेरिकन नेत्री अश्वीनी परसाउद, लेटीनो अमेरीकन नेत्री भेनेसा गोंजालेस, बंगलादेश अमेरिकन नेता मिजानुर चौधरी र सेख सादीया अफ्रीन , ईन्डीयन अमेरिकन समाजसेवी राज बिभुशन, चाईनिज अमेरिकन नेत्री केके मिगं, संयुक्त राष्ट्र संघमा कार्यरत किरण पौंडेल लगायत पाहुनाहरु हुनुहुन्थ्यो भने नेपाली समुदायबाट नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री मनोजमणी आचार्य, पुर्वमेयर एवं नेपाली कांग्रेसका युवानेता लेखनाथ पोख्रेल,एनआरएनए अमेरीकका उपाध्यक्ष आगंछिरींग शेर्पा, अर्का उपाध्यक्ष मीन खड्का, वोर्ड अफ डायरेक्टर लक्ष्मी कार्की, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष्य वाशु लामीछाने, तमु सोसाइटी अमेरिकाका अध्यक्ष वीन घले, स्थानीय समाजसेवीहरु क्रमश: नवराज केशी, राजेन्द्र श्रेष्ठ, नेका युवानेता अम्बीर जोशी, राजु रौनीयार, नृप बिष्ट, अनन्त न्यौपाने, दिनेश भण्डारी, मिस नेपाल नर्थ अमेरीका २०२५ की विजेता दिया श्रेष्ठ, नेवागुठीका नेता एवं समाजसेवी वीरेन्द्र मानन्धर, माईनोरीटी ईम्पाओरमेन्टका अध्यक्ष श्याम कार्की, दोलखा समाजका अध्यक्ष भोजराज थोकर, वाग्लुंग समाजका अध्यक्ष जीवन कँडेल, गुरुड॰ (तमु) सेसाईटी अमेरिकाकी बरिष्ठ उपाध्यक्ष अलीशा देवी गुरुड॰, सीन्धु वेलफेर सोसाईटी अमेरिकाका अध्यक्ष पासागं नर्वु शेर्पा, तामागं सोसाईटी अमेरीकाकी पुर्व अध्यक्ष बिनीता तामागं, यु एस नेपाल क्लाईम्बर्स आसोसिएसनका पुर्व अध्यक्ष पासांग निमा शेर्पा, शेर्पा संघ अमेरीकाका अध्यक्ष ए. पी. शेर्पा, अन्तर्राष्ट्रीय वाग्लुगं समाजका नेताहरु शंकर पौडेल, महादत्त कँडेल, अधिकारीकर्मी नर्वदा क्षेत्री, तमु परीवार अमेरीकाकी पुर्व अध्यक्ष मनीता गुरुगं, तमु परीवार अमेरीकाका सल्लाहकार अर्जुन घले, पत्रकार सुनीता कोईराला, चितवन समाजका अध्यक्ष कृष्ण गुरुंग, गोर्खा समाजका अध्यक्ष ओम विश्वकर्मा, मगर संघ अमेरीकाका सल्लाहाकार कुलदीप राना मगर, बरिष्ठ कलाकार समनाश्री, नेपाली अमेरीकन कलाकार संघकी पुर्व अध्यक्ष लोकप्रिय एवं लोक गायक नीसा सुनार, नेपाली अमेरीकन कलाकार संघका उपाध्यक्ष बीमल डांगी र महासचीव संगीता थापा मगर, मकैहीउसनिउज मेडियाका संस्थापक अध्यक्ष बिक्की पुलामी, जमैका नेपाली समाजका पुर्व अध्यक्ष कृष्ण आचार्य, कवियत्री गिता खत्री, बौद्धिक व्यक्तित्व राम खत्री, स्वयंसेवक हरु क्रमश: योगेन्द्र अधिकारी, दिपक राज अधीकारी, रमेस दर्नाल, सन्तोस बस्नेत, लाक्पा जी सेर्पा, राहुल रौनियार, NYPD Traffic Officer भिमसेन महत, शेखर कार्की, सरोज कुमार, सरोज तामागं, दिलीप के श्रेष्ठ, क्याथरीन सुलर, NYU प्रोफेसर टेरेन्स कोफी, पासागं काजी शेर्पा, रोशन शाही, रञ्जीव हुमागाईं, पंकज कुमार शाह, पासाङ तामाङ, केशव खल्लुक मगर लगायत महानुभावहरुले संस्थागत प्रतिनिधित्व गर्दै शुभकामना मन्तव्य र कार्यक्रमको सफलताको कामना व्यक्तगर्नुभएको थियो।
सो अवसरमा चाईनीज समुदायबाट मनमोहक सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै नेपाली समुदायबाट कलाकार महादेव त्रीपाठी र वरीष्ट कोरीयोग्राफर शिव विकको संयोजनमा सुप्रसिद्ध पार्कर दिनेश सुनारको कलासहितको कलाकार टोलीले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए।उक्त कार्यक्रम यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले संचालन गर्नु भएको थियो र जिपीके फाउन्डेशन अमेरिकाले सन २०१९ देखी निरन्तर समाजीक सेवाहरु गरेको बारे र गिरीजा बावु को भनाई: “सहमती, सहकार्य र एकता” नै फेरी आज अत्यन्तै जरुरी भएको छ भन्नु भयो।कार्यक्रममा विभिन्न समुदायका स्वयंसेवक महानुभावहरुलाई र फाउन्डेशन कार्यसमिती एवं स्वयंसेवक टीमलाई न्युयोर्कका सेनेटर माईकल ज्यानेरिसीसको सम्मान पत्रले सम्मानित समेत गरीएको थियो। कार्यक्रम सम्पन्न गर्न कार्यसमितीका अध्यक्ष सोमनाथ घिमीरे, उपाध्यक्ष सुवर्ण लामा, कोषाध्यक्ष रेखा श्रेष्ठ, प्रवक्ता रामचन्द्र अधिकारी, सदस्यहरु सुर्य सिंखडा, प्रेम क्षेत्री अधिकारी, राजेश आचार्य, ध्रुव कुँवर क्षेत्री, पासांग गोपर्मा , फुडोमा शेर्पा र हीरा तामागं विभिन्न विधामा निरन्तर खटीनुभएको थियो भने कार्यक्रम संचालन अध्यक्ष घिमीरे स्वयंले गर्नुभएको थियो।










