सुनको मूल्य तोलाम ६ सय बढ्यो

प्रकाशित मिति:

काठमाडौं, कात्तिक  : नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। आज सुन ६ सयले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ।त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भएको चाँदी आज ३ हजार १० रुपैयाँमा कारोवार भइरहेको छ।