नवलपरासी १ बाट चौधरी र खनाल सहितको नाम सिफारिस 

प्रकाशित मिति:
प्रकाश न्यौपाने
मसिर २७ गते
नवलपरासी । नेपाली कांग्रेस नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) संघीय क्षेत्र नं. १ ले आगामी प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। क्षेत्रीय कार्य समितिले केन्द्रीय कार्य समितिको परिपत्रअनुसार २०८२ मंसिर २३ गते बसेको बृहद बैठकबाट सर्वसम्मत निर्णय गर्दै २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको हो।


समितिले प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ। सिफारिस गरिएकामा पूर्व सांसद तथा केन्द्रीय सदस्य विनोद कुमार चौधरी, संविधान सभा सदस्य एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका पूर्व महामन्त्री विक्रम खनाल, महासमिति सदस्य ज्ञानी माया लामा, महासमिति सदस्य बन्धु प्रसाद बरई र क्षेत्रीय प्रदेश कार्य समिति उपसभापति नन्दु चौधरी रहेका छन्।


त्यसैगरी, प्रतिनिधिसभा सदस्य पदको समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ सिफारिस हुनेमा पूर्व जिल्ला कार्य समिति उपसभापति दिप प्रकाश लोहनी, लुम्बिनी प्रदेश कार्य समिति सदस्य प्रकाश कुमार न्यौपाने, नेपाल दलित संघका केन्द्रीय सदस्य गणेश कुमार वि.क., केन्द्रीय महाधिवेशन प्रतिनिधि कर्ण बहादुर वि.क., क्षेत्रीय कार्य समिति सदस्य सुमित्र देवी हरिजन, प्रदेश अधिवेशन प्रतिनिधि मल्लु मियाँ, केन्द्रीय महाधिवेशन प्रतिनिधि रिता फौज्दार, प्रदेश अधिवेशन प्रतिनिधि संगीता हरिजन र पूर्व जिल्ला कार्य समिति सदस्य जितराम पंजियार रहेका छन्।


क्षेत्रीय कार्य समितिले प्रतिनिधिसभासँगै राष्ट्रिय सभा सदस्य पदका लागि पनि उम्मेदवारहरूको नाम सिफारिस गरिएको उल्लेख गरेको छ। उक्त सिफारिस सम्बन्धित प्रक्रिया अनुसार जानकारीका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सभापतिलाई पठाइएको जनाइएको छ।