अस्विन पंगेनी – पुष स्याङ्जाको चापाकोट नगरपालिका–९ स्थित गङ्गालाल माध्यमिक विद्यालयको खेल मैदानमा यही मिति २०८२ साल पुष २५ गतेदेखि माघ ६ गतेसम्म तेस्रो चापाकोट कृषि तथा औद्योगिक मेला सञ्चालन हुने भएको छ। चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको मेलामा कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धन, बाल उद्यान, शैक्षिक प्रदर्शनी, खाना–खाजा, लत्ताकपडा, तथा भाडाकुडा सम्बन्धी स्टलहरू रहने आयोजकले जनाएको छ। मेलालाई थप आकर्षक बनाउन लन्डन ब्रिज, आइफल टावर,प्याराग्लाइडिङ,र्यापटिङ,हेलिकप्टर द्वारा सुन्दर तथा मनोरम दृश्य अवलोकन विशेष आकर्षक रहने चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल राना मगरले जानकारी दिनुभयो। करिब १५० वटा स्टल रहने मेलामा देश तथा विदेशमा चर्चित कलाकारहरूको प्रस्तुति समेत रहनेछ। मेलाबाट करिब १ करोड रुपैयाँको कारोबार हुने र ३० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। मेलाले स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा आर्थिक चलायमानतामा टेवा पुग्ने विश्वास लिइएको छ ।












