झबिन्द्र देवकोटा
बुटवल, । बुटवल ८ सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सोमबार फुड फेष्टिबल राखेका छन । कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीहरुले आफ्नो अध्ययन तथा प्रयोगात्मक कक्षा अन्तर्गत फुड फेष्टिबल गरेका हुन । फुड फेष्टिबलमा विद्यार्थीहरुले सेलरोटी, मःमः, रसबरी, चटपट, बटुक, पकौडा, चियाकफी, चुकौनी लगायत विभिन्न परिकार बनाएर प्रदर्शन गरेका थिए । आफ्नो कोर्ष तथा विषय अन्तर्गत सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने उद्देश्यले कार्यक्रम गरिएको कार्यक्रमका संयोजक मानबहादुर थापाले जानकारी दिनुभयो ।
विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले उद्घाटन गर्नु भएको कार्यक्रममा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थी, तिनका अभिभावक, शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो सो महोत्सवमा गरी ८ वटा स्टल राखिएको थियो ।त्यसैगरी सोमबारनै भएका विभिन्न अन्तर सदनात्मक प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य कृष्ण न्यौपाने, वरिष्ठ सह–प्राचार्य माधवप्रसाद आचार्य, सह प्राचार्य भीमसेन गौतम लगायतले मेडल, प्रमाण पत्र सहित पुरस्कृत गर्नु भएको थियो ।












