अर्घाखाँचीका मगरहरुले आफ्नो प्रमुख चाडको रुपमा रहेको माघे संक्रान्ती पर्ब हर्ष उल्लास र खुसी साटासाट गरेर मनाएका छन । जिल्लामा रहेका मगरहरुको साझा सस्था नेपाल मगर संघको आयोजनामा जिल्लाको पाणिनि गाँउपालिका ७ अडगुरीमा विबिध कार्यक्रमका साथ माघे संक्रान्ती पर्ब मनाएको हो । ईतिहास, भाषा संस्कृति संरक्षण संवद्र्धन, मगरहरुको मुलमन्त्र जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नाराका साथ सम्पन्न भएको थियो ।
मगर माघे सकराति कार्यक्रममा बटुक, सेल रोटी, ठोकनी रोटी, अचार, वासा, लगायतका खानाका परिकार प्रदर्शनिमा राखिएको थियो । कार्यक्रममा मगर महिला दिदीबहिनीकाबीच रसि तानातान खेल, विभिन्न सालैजो भाकामा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको धनुस वाण् हानेर नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दल बहादुर बिरकट्टामगरले उद्धाटन गर्नु भएको थियो । उँहाले राज्यले मगर समुदायको राष्ट्रिय पर्व माघे सकरातिको अवसरमा सार्वजनिक विदा नदिएर अन्याय गरेको बताउनुभयो । राज्यले विभिन्न समुदायको हकअधिकार कुण्ठित गरेको आरोप समेत लगाउनु भयो ।












