क्षेत्री समाजद्धारा सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

क्षेत्री समाज रुपन्देहीले सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । समाजको भवन दिपनगरमा वुधबार समाजले कार्यक्रमको आयोजना गरि सस्थालाई भवन निर्माण गर्दा आर्थिक सहयोग पु¥याउने तथा देउसि भैलोमा सहयोग गर्ने लाई प्रसंसा प्रत्र तथा सम्मान पत्र बाट सम्मान गरेको हो । सम्मान कार्यक्रमा क्षेत्री समाजका केन्द्रिय सदस्य अनिता अधिकारि, नुमा थापा भौलो संयोजक मोहन रिजाल, सांस्कृतीक कार्यमक्रम संयोजक प्रेम बहादुर भण्डारी, कानुनि सल्लाहकार बेनबहादुर पौडेल क्षेत्री, वरिष्ट सल्लाहकार भक्तबहादुर कार्की लगायतले बोल्दै क्षेत्री समाजले अन्य समुदायका जात जाति संग मिलेर रचनात्मक कार्य गर्नु पर्ने बताएका थिए । कार्यक्रम सस्थाका अध्यक्ष गुप्त बहादुर केसिको अध्यक्षता, वरिष्ट उपाध्यक्ष लिल बहादुर क्षेत्रीको स्वागत तथा सचिव नारायण रायमाझीको संचालनम सम्पन्न भएको थियो ।