बुटवल आसपासमा चोरीका घटना बढ्दै ,सर्तक रहन प्रहरीको सुझाव

प्रकाशित मिति:

सन्जु पौडेल ।गत माघ १ गते सक्रान्तीको दिन कालिकानगरका ३ वटा घरमा भएका चोरीमा एउटै घरबाट करिब ९ तोला सुन र ५ लाख ३५ हजार नगद चोरी भयो । सक्रान्तीको अवसरमा माईत गएका बेलामा चोरी भएको घरधनीले चिन्तित हुँदै सुनाईन् ‘घरको च्यानलगेटमा पड्काईएको ताला जोगाउन चोरले ताला अंड्काउने कुन्डी काटेर घरमा प्रवेश गरेछ ।’ चोर यति सम्म सिपालु रैछ कि छिमेकमा चांईचुंईको आवाज सम्म थाहा भएन । ३ वटा घर एउटै टोलमा रहँदा पनि चोरको नामो निशान स्थानीयले थाहा पाएनन् । चोरी भएपछि गुमेको धनजन र्फिता पाउने आश भन्दा पनि यसरी चोरी हुँदा मानिसकै ज्यान जोगाउन जोखिम नरहला भन्ने आशंका जनमानसमा छ । करिब चोरीका घटना यसअघि नभएका पनि होईनन् तर एकै दिन बहुसंख्यामा चोरी हुंदा यसले चुनौती थपेको हो । यस क्षेत्रका स्थानीय तथा व्यवसायीहरु चोरी बढ्न थालेपछि त्रसित भएको अनुभव सुनाउँछन् । त्यसो त बुटवलमा मात्र हैन अन्य क्षेत्रमा पनि अवस्था त्यस्तै छ , बुटवलमा यस्ता घटना भईरहंदा तिलोत्तमा नगरपालिकामा पनि केही हप्ता अगाडि साईकलमा यात्रा गरेका महिलाहरुको साईकलको टोकरीबाट पर्स , पैसा र सुनका गहना समेत मोटरसाईकलमा आएका अपरिचितले तानेर चोरेको थियो ।

केही दिन यता बुटवल लगायत आसपासका स्थानमा चोरीका घटना बढ्दै गएका छन् । मोबाईल, मोटरसाईकल, स्कुटर, घांटीको सिक्री चोरेका घटना दिनहुँ जसो भइरहेपनि एकैदिन ३ वटा घरमा चोरी हुनु र लाखौंको धन गुम्नुले प्रदेश ५ को राजधानी बुटवलको सुरक्षा निकायप्रति जनता असन्तुष्ट बनेका छन् । तर यो चुनौती प्रहरीलाई मात्र नभएर हरेक जनताको सुरक्षा र सम्पत्तिप्रतिको सजगताको लागि पनि चुनौती हो । चोरीका घटनामा संलग्न भएकालाई पक्राउ गरिरहेको प्रहरी प्रशासनले पुरै शक्ति लगाएर ठूला चोरी गर्ने चोरहरुको खोजी पनि गरिराखेको छ । चोरीका घटना हुनुमा आम नागरिकको सर्तकता के कुरामा हुनुपर्छ र चोरी कसरी हुन्छ त । यसबारे ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्ल चाडपर्वका बेला महिलाहरुले प्रयोग गर्ने महंगा गहना यात्रामा देखाएर हिँड्ने प्रचलनले चोरी निम्ताएको बताउँछन् , उनी कतिपयले लट्रीको प्रलोभन देखाएर ठग्ने प्रवृति समेत देखिएको बताउँछन् । मल्लले बैंकहरुमा रहेका लकरहरुको प्रयोग गरेर गरगहनाको सुरक्षा गर्न, धेरै रकम घरमा नराख्ने , पैसालाई बैंकमा सुरक्षित राख्ने कुरा सुझाउँछन् । त्यस्तै घरमा परिवारको कुनै एक सदस्य बस्दा नै राम्रो हुने उनको सुझाव छ । मल्लका अनुसार घर घरमा बिभिन्न बहाना जस्तै सिरक बनाउने भनेर आउने, कहिलेकांही कुनै वस्तु विक्री गर्ने बहानामा आउने, टाढाबाट तरकारी दाल लगायतका खाद्य वस्तु बेच्न आउनेहरुबाट सर्तक हुन जरुरी रहेको उनको तर्क छ ।
प्रहरी उपरिक्षक मल्ल हरेक गल्ली गल्लीमा सिसिटिभी क्यामराको जडान गरेर सुरक्षा निती अपनाउने बताउँछन् । नागरिकको प्रहरी प्रशासन प्रतिको गुनासोमा उपरिक्षक मल्ल प्रहरीले काम गरिरहँदा कहिले काँही कुनै काममा अड्चन हुन सक्ने प्रति आफू स्वीकार्य रहेको बताउंदै प्रहरी मात्रैले सबै काममा उत्तिकै सफलता हांसिल गर्छ भन्नु भन्दा सबै मिलेर सर्तकताका लागि चेतना फैलाउने र प्रहरीसंग साथीको व्यवहार गरी सघाउने हो भने चोरी मात्र नभएर हरेक दुर्घटा हुनुमा न्यूनिकरण गर्न सकिने बताउँछन् ।प्रहरीले अनुसन्धान र खोज थालिरहँदा प्रहरीको शंका घेरामा कबाडमा काम गर्ने, ग्यारेजमा काम गर्ने,सिरक डसना बनाईदिने भनेर आउनेहरु, गाउंगाउंमा फलफूल , सब्जी सप्लाई गर्ने मान्छेहरुको चोरीमा संलग्नता रहेको पाईन्छ । प्रहरीले हाल वृद्धि भईरहेका चोरीका घटनाको न्यूनिकरणका लागि हरेक तबरबाट प्रयास र कार्य जारी राखेको प्रहरीको दावी छ ।