बुटवल/ अवैध लागुऔषध सहीत एक पुरुष आज बुटवलबाट पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका वडा न.६ ट्राफिक चोकबाट टु एम एल नुफिन ३०,फेनारागन ३०,सेरिजैक ३० एम्पुल बरामद गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले जानकारी दिए ।
पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा न.७ बस्ने वर्ष २८का हेम गुरुङ रहेको प्रहरीले जनाएको छ ।पछिल्लो समय अवैध लागुऔषध सम्बन्धी कारोबारलाई नियन्त्रणका लागी बुटवल प्रहरीले चेकजाँचलाई कडाई गरेको छ ।












