इमरान खान, कपिलबस्तु / कपिलवस्तु नगरपालिकाको बहादुरगंज चौकबाट प्रहरीले लागू औषध ४० के।जी। चरेस सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । गोप्य सुचनाका आधारमा सादा पोशाकमा खटिएका प्र।स।नि। श्याम सिंह चौधरीे समेतको टोलीले आज विहान उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतीहारी जिल्ला पुर्वी चम्पारण थाना रक्सौल ग्राम परेउवाका ३२ वर्षीय ताहिर अली र सोही स्थानका ३२ वर्षीय मोहम्मद आलम रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका आलम भने मजदुरी गर्दै हाल कृष्णनगर नगरपालिका वडा नं। १ मा बस्दै आएका थिए । पक्राउ परेका उनीहरुलाई आज सांझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । पक्राउ परेका उनीहरुले कपडा बोक्ने ३ वटा झोला भित्र ४ वटा अकाशे रंगको प्लाष्टिकको ग्यालेनमा ससाना प्लाष्टिक भित्र पुरिया बनाई ४० किलो चरेश लुकाई लैजादै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनु भयो ।
उनीहरुलाई जिल्ला अदालतबाट ५ दिनका लागि थप अनुसन्धान गर्न म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएकोे छ । उनीहरुका पछाडी अन्य गिरोह समेत हुन सक्ने भन्दै घटना बारे सुक्ष्म अनुसन्धान अघि बढाईएको प्रहरी नायब उपरीक्षक रावलले बताउनु भयो ।












