वुटवल, ०८, सुख्खानगर स्थित क्यानन मा.वि.ले आफ्नो २२ औं बार्षिकउत्सवको अबसरमा साता ब्यापी विविध कार्यक्रमको आयोजना गरेको छ । जस अन्तर्गत माघ २२ गते वृहत सरसफाई कार्यक्रम तथा सचेतना ¥याली सम्पन्न गरेको छ । वुटवल उपमहानगरपालिका वडा नं १३ को वेलवास ,नयाँ गाउँ र तिलोत्तमा टोलमा सरसफाई गरीएको थियो । उक्त कार्यक्रममा महिला मंञ्च नेपाल र तिलोत्तमा टोल विकास संस्थाले सहकार्य गरेका थिए ।
कार्यक्रममा विद्यार्थी, शिक्षक र स्थानीय बासीहरुले सरसफाईमा सरीक हुदै प्रचा, पम्प्लेट र माईकिङ द्धारा जनचेतना मुलक सन्देश प्रसार गरे । वडा नं १३ का निर्वाचित वडा सदस्यहरु खुमानन्द पौडेल,बेद प्रसाद गैरे, सरस्वती परियार, महिला मंञ्च नेपालकी अध्यक्ष मधुकला कुंवर लगायत स्थानीय समाजसेवी योग गुरुङ, झविन्द्र थापा कार्यक्रममा सहभागी भएका थिए । विद्यालयका अध्यक्ष थानेस्वर पौडेलले तिलोत्तमा टोल विकास संस्थालाई डस्टवीन हस्तान्तरण गर्नुभयो । कार्यक्रमको महत्व माथि पा्रचार्य माधब कुमार पौडेलले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन र सहजिकरण विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख मिनराज गीरीले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी प्रिया श्रेष्ठले सरसफाई र स्वच्छ वातावरणका वारेमा आफ्ना विचार राखेकी थिईन












