बुद्धजन्म भूमि लुम्बिनी साँस्कृतिक नगरपालिकालाई महिलामैत्री नगरपालिका बनाउनु पर्ने कुरामा एक समारोहका बीच जोड दिइएको छ । सो कुरा घरघरमा मानव अधिकार शान्ति र सम्बृद्धिको मूलआधार भन्ने मूलनाराका साथ राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नंं ५ द्वारा लुम्बिनी साँस्कृतिक नगरपालिकामा आयोजित महिलाहिन्सा न्यूउनीकरणमा स्थानीय तहको भूमिका बिषयक अन्र्तक्रिया समारोहमा जोडदिइएको हो । कार्यक्रमलाई सम्बोद्धन गर्दै आयोगका प्रदेश प्रमुख पवनकुमार भट्टले बिश्वकै ध्यानाकृष्ट ठाँउ लुम्बिनी वरिपरि घरेलू तथा महिलाहिन्सा बिद्यमान रहेको हुदा त्यसलाई न्यूउनीकरण गर्दै महिलामैत्री नगरपालिकाको रुपमा बिकास गर्न जरुरी रहेको बताए ।
उनले लुम्बिनी बिश्वमा चिनिए तै पनि मधेशी र मुश्लिम बाहुल्य क्षेत्रमा शिक्षा तथा चेतनाको आभावका कारण घरघरमा महिलाहिंसा बिद्यमान रहेको बिभन्न तथ्यांकले देखाएको हुदा निरुत्साहितका लागि सरोकारवाला लाग्नुपर्ने निर्देश समेत जारी गरे । अन्र्तक्रिया समारोहमा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले सबैको सहयोगमा नगरपालिकालाई पञ्चशील घोषणा भईसकेको अवस्थामा महिलामैत्री नगरपालिका बनाउनका लागि सबै सँग सहयोगको अपेक्षा गरे । सो अवसरमा न्यायिक समिती संयोजक जानकीदेबी श्रविास्तव,मेललिाप केन्द्र संयोजक अशोक गोस्वामी मानवअधिकार अधिकृत दीपक ठाकुर मधेश मानवअधिकार गृहका रामबिकास चौधरी लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।












