यिनीहरुले महाभारत युद्ध लडेनन्, महत्वपूर्ण भूमिका निर्वाह गरे

प्रकाशित मिति:

पौराणिक ग्रन्थ महाभारतमा अनेकन पात्र छन् जसको आ आ–आफ्नै विशेषता र महत्व छ । महाभारत युद्ध कसरी भयो, किन भयो यस सम्बन्धमा धेरै कुरा बाहिर आइसकेका छन् । महाभारत युद्धमा कसले महत्वपूर्ण भूमिका खेले भन्ने सन्दर्भमा पनि कुनै रहस्य बाँकी छैन । यद्यपी त्यही युद्धमा केही यस्ता पात्र थिए, जसले हतियार उठाएनन् । अर्थात उनीहरु युद्धमा लडेनन् । युद्धमा नलडेपपिन उनीहरुको भूमिका भने कम महत्वपूर्ण थिएन । महाभारतको युद्धमा लगभग ४५ लाख मानिसले भाग लिएको मानिन्छ । त्यसमध्ये हजारौं व्यक्ति यस्ता थिए, जसले युद्धमा भाग लिएनन् । तर, उनीहरुले युद्धमा प्रत्यक्ष परोक्ष सघाए । त्यस्तै त्यसताका कतिपय राज्य तटस्थ रहे । उनीहरुले दुबै पक्षलाई सघाएनन् । विदर्भ, शाल्व, चीन, लौहित्य, शोणित, कोंकण, कर्नाटक, केरल, आन्ध्रा, द्रविड आदिले युद्धमा भाग लिएनन् । यी सबै तटस्थ राज्य थिए । उनीहरुको कुनै प्रकारको भूमिका थिएन । अब लागौं, तिनै पात्रहरुतर्फ जसले रणभूमीमा भएर पनि युद्ध लडेनन् ।

युयुत्सु उनी कौरवका सौतेनी भाई जसलाई युधिष्ठरले सम्झाएपछि कौरवलाई छाडेर पान्डवलाई साथ दिएका थिए । आफ्नो पक्षमा आएपछि युधिष्ठरले एक विशेष रणनीतिकको रुपमा युयुतसुको योग्यता देखे । त्यही भएर उनलाई युद्धका लागि हतियार र रासनपानीको आपूर्ति गर्ने कामको जिम्म सुम्पिए । उडुपीको राजा महाभारतको युद्धमा उडुपीको राजा पनि थिए, जसले युद्धमा सैनिकका लागि भोजनको व्यवस्थाको जिम्मेवारी सम्हालेका थिए । दुबै शिविरमा सैनिकका लागि भोजन र घाइतेको उपचारका लागि उत्तम व्यवस्था उनैले गरेका थिए । हाती, रथ र घोडाको व्यवस्था पनि उनले नै गरेका थिए । त्यसबेला प्रत्येक शिविरमा पर्याप्त मात्रामा खाद्य सामाग्री, अस्त्र, यन्त्र र केही वैद्य र शिल्पीलाई तलब दिएर राखिएको थियो । १८ दिनसम्म चलेको र लाखौं सहभागी भएको युद्धमा कहिले पनि खानापानीको दुख भएन ।

सारथी युद्धमा सबै हात्ती र रथको सारथीले कहिल्यै प्रत्यक्ष रुपले युद्ध लडेनन् । उनीहरु केवल योद्धाको रथ वा हात्ती चलाउँथे । त्यसमध्ये कति त सुरुमै मर्थे । उक्त रिक्त स्थानमा अर्को सारथी नियुक्ती गरिन्थ्यो । भगवान श्रीकृष्ण अर्जुनको रथको सारथी थिए । कर्णका सारथी शल्य थिए ।संजय संजयले पनि युद्धभमा भाग लिएनन् । महाभारत युद्धमा सूत पुत्र संजयले महर्षि वेदव्यासबाट दिक्षा लिएर ब्राहृमणत्व प्राप्त गरेका थिए । वेद व्यासले उनलाई दिव्य दृष्टि प्रदान गरेका थिए । भनिन्छ, गीताको उपदेश दुई जनाले सुने, एक अर्जुन । अर्को संजय ।बर्बरीक घटोत्कच पुत्र दानवीर बर्बरीकका लागि केवल तीन बाण काफी थियो, जसको बलमा उनी कौरव र पान्डवको पुरा सेनालाई समाप्त गर्न सक्थे । यसैले भगवान श्रीकृष्णले दानमा उनको टाउको मागेका थिए । उसको इच्छा थियो कि, उसले महाभारत युद्ध हेर्न सकोस् । त्यही कारण उनको टाउको युद्धस्थलकै एक ठाउँमा राखिएको थियो, जहाँबाट महाभारतका सम्पूर्ण योद्धा देख्न सकिन्थ्यो ।इन्द्र जब इन्द्रलाई थाहा भयो कि पुत्र अर्जुनलाई कर्णबाट एकदम खतरा छ, तब उनी श्रीकृष्णकहाँ पुगे । श्रीकृष्णले उनलाई भने कि कर्ण एकदम ठूला दानवीर हुन् । तपाई उसले दान दिएको समयमा एक ब्रम्हणको भेषमा पुग्नु । र, दानमा उसको कवच र कुन्डल माग्नु । इन्द्रले त्यसै गरे । जब उनले कवच र कुन्डल हात पारे, दब एक आकाशवाणी भयो, ‘तिमीले धोका दिएर कर्णबाट कवच र कुन्डल लियौं । अब तिम्रो रथ र तिमी त्यही धर्तीमा भासिनेछौ । तब इन्द्र त्यहाँबाट फर्किएर कर्णलाई आफ्नो अमोघ अस्त्र दिएर भने कि, ‘यो जसमाथि चलाउनुहुन्छ, ऊ निश्चित रुपमा मर्नेछ । यो अचुक हो, तर यसको प्रयोग एक पटक मात्र गर्न सकिनेछ । कर्णले त्यस अस्त्रबाट अर्जुनलाई मार्न चाहन्थे । तर, दुर्योधन र कृष्णले भनेपछि यो अस्त्र घटोत्कचमाथि चलाइयो ।