उर्जा उत्पादनमा लगानी बढाउनु पर्ने सरकारवालाको भनाई

प्रकाशित मिति:

बुटवल /उर्जा उत्पादनमा लगानी बढाउनु पर्ने सरकारवालाले बताएका छन् । उर्जा संकटको निराकरणका लागि सहकारीको माध्यामबाट सर्वसाधारण नागरिकलाई उर्जा उत्पादनमा सहभागिता गराउन सक्ने उनीहरुले बताएका हुन । रुपन्देहीको बुटवलस्थित प्रगतिनगरमा रहको प्रगतिनगर सामूदायिक विद्युत सहकारी संस्थाको शनिबार सम्पन्न दोश्रो साधारण सभामा बोलने सहभागि वक्ताले यस्तो बताएका हुन् । सहकारीको माध्याबाट गाउं शहरको विकास गर्न सकिने उनीहरुले बताए ।

सोही कार्यक्रममा बोल्दै सामुदायिक विद्युत उपभोत्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय अध्यक्ष नारायण ज्ञवालीले राज्यले अनेकौ प्रकारका नीति बनाएर सामुदायिक विद्युत सहकारीहरुलाई कमजोर बनाउन खोजेको बताउनुभयो । सामूदायिक विद्युत सहकारीप्रति सर्वसाधारण नागरिकको आर्कषण बढेको बताउंदै नेपालमा २ सय ८५ सामुदायिक विद्युत सहकारी सञ्चालनमा रहेको जानकारी गराउनुभयो । उहाले उपभोक्तालाई आर्कीषत गर्नेगरी विद्युत ऐन ल्याउन सरकारसंग माग गरे । सामुदायिक विद्युत उपभोत्ता राष्ट्रिय महासंघ नेपालका केन्द्रीय सचिव यमबहादुर पछाईले सामुदायिक विद्युत सहकारीहरुले राज्यले विद्युत सेवा प्रवाह गर्न नसकेका ठाउँ सेवा पुराउदा राज्यले गलत दिष्टीकोणले हेर्न नमिल्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल विधुत प्राधिकरण प्रशारण बुटवलका प्रमुख संजय मिश्रले सामुदायिक विद्युत सहकारी हरुले गरेका कामहरु राम्रा र प्रशंसानीय रहेकोब ताउनुभयो । कार्यक्रममा बुटवल ११ का वडा सदस्य नहकुल शाही, रणबहादुर थापा, विद्युत सहकारीका पूर्व अध्यक्ष कुशुम मल्ल, कृष्णबहादुर जीसी, प्रदीप गौचन, बुद्विप्रसाद गौचन, राजकुमार तेली लगायतले बोल्दै सामूदायिक विद्युत सहकारीको माध्यामबाट विकास गरेर जनतालाई सेवा प्रदान गर्न सकिने बताउनुभयो ।कार्यक्रममा रातोपाटी अनलाईन प्रदेश ५ प्रमुख तथा दैनिक पत्र दैनिकका संवाददाता तेजेन्द्र केसीलाई सम्मानित गरिएको थियो । पत्रकारिता क्षेत्रबाट समाजमा उदहारणीय कार्य गरेको भन्दै केसीलाई सम्मानित गरिएको हो । यस्तै सोही कार्यक्रममा पुर्व अध्यक्ष, सल्लाहकार, जनप्रतिनधिहरुलाई समेत सम्मान गरिएको थियो ।

सामूदायिक विद्युत सहकारी अध्यक्ष जीतबहादर मल्लको अध्यक्षता र राजेश बुढाथोकीको सञ्चालनमा कार्यक्रम भएको थियो । बुटवलको प्रगतिनगर र तिलोत्तमा टोलका १२ सय ५० जना विद्युत उपभोत्ता रहेको संस्था २०६० मा स्थापना गरिएको थियो ।