सैनामैना नगरकार्यापालिकामा लगाइएको कम्पाउण्ड ३ महिना नपुग्दै कोल्टे पर्न थाल्यो,३ लाख बढिको नोक्सानी, निर्माण कम्पनीको लापरवाही

प्रकाशित मिति:

सुरेश परियार ,आन्तरिक सुरक्षा कायम गर्न र जनतालाई अनुकुल वातावरणमा सेवा तथा सुविधा प्रवाह गर्न सैनामैना नगरकार्यापालिकामा लगाइएको कम्पाउण्ड एका एक भत्कीन थालेको छ । गत मंसिरमा सम्पन्न भएको उक्त कम्पाउण्ड (पर्खाल) ३ महिना नपुग्दै कोल्टे पर्न थालेको हो । करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको उक्त नगरकार्यापालिकामा लगाइएको २८५ मि.लम्बाई कम्पाउण्ड बलियो नबन्दा विभिन्न ठाउँबाट भत्कीन थालेको छ ।जम्मा २८५ मि.लम्बाई मध्ये १५.५ मि.कम्पाउण्ड जगबाटै कोल्टे पर्दा करिब ३ लाख बराबरको नोक्सानी भएको स्थलगत रिपोर्टिङले स्पष्ट देखाएको छ । कम्पाण्ड निर्माण सुरु गर्न वि.स २०७४ फाल्गुन २७ गते जय देउराली निर्माण कम्पनी सैनामैनाले ठेक्का लिएको उक्त निर्माण काम समयमा नसक्दा ५ महिना समय थप गरि गत मंसिर २७ गते निर्माण सम्पन्न गरेको थियो ।जय देउराली निर्माण कम्पनीले नगरपालिका संग कर बाहेक ३९ लाख २ हजार ३ सय २ रुपिया ७७ पैसामा निर्माण ठेक्का सम्झौता गरेको थियो ।तर निर्माण भएको ३ महिना नपुग्दै भत्कीन थालेपछि कत्तै मापदण्ड नै पुरा नगरी निर्माण गरिएको त होइन भन्ने आशंका उठेको छ भने अर्को तिर निर्माण कम्पनीको लापरवाही देखाइएको छ भने अनुगमन निकाय नै फितलो बन्दा यस्तो समस्या देखा पर्न गएको हुन सक्ने देखीन्छ ।

माटोको प्रकृति कमजोर भएर निर्माण कम्पाउण्ड भत्कीन थालेको सैनामैना नगरपालिकाका इन्जिनीयर तथा योजना शाखा प्रमुख सुरज न्यौपानेले दावी गरेका छन् । निर्माण गरिएको नजिक खेतमा पानी भएका कारण कम्पाण्उमा माटो फिलिङका लागी जेसिभि लगाउदाँ १५.५ मि.कम्पाउण्ड जगबाटै कोल्टे पर्न गएको इन्जिनीयर सुरज न्यौपानेले जानकारी दिए ।मापदण्ड पुरा गरेरै निर्माण कार्य सुरु गरेको दावी गर्दै इन्जिनीयर न्यौपाने ठेक्का कम्पनीलाई छिटै छलफलमा ल्याए पुन निर्माणका लागी अपिल गर्ने बताए ।उनका अनुसार भत्कीएका बाहेकका पर्खालमा पुन : अनुगमन गरि कम्सल देखीए सुरु बाटै निर्माण गराउन लगाउने चेतवानी समेत न्यौपानेले दिएका छन् ।