श्रमिक महिलाका लागि उद्घोषण तालिम

प्रकाशित मिति:

हरिश ढकाल–
बुटवल । घर निर्माण लगाएतका क्षेत्रमा क्रियाशिल रहि जिविको पार्जन गरिरहेका श्रमिक महिलहरुका लागि बुटवलमा तिनदिने उद्घोषण तालिमको आयोजना गरियो । नेपाल श्रमिक तथा सम्बद्ध श्रमिक संघ (काउन) जिल्ला कार्यसमिति रुपन्देहीद्धारा आयोजित सो तालिमले श्रमिक महिलाहरुलाई समाजमा अग्रसर बनाउनुका साथै उनिहरुका आवाज बुलन्दगर्न सघाउने बिश्वास कार्यक्रमका सहभागिहरुले गरेका छन ।

तालिममा सहभागिहरुले आफुले तालिममा सिकेका कुरालाई समाजमा ब्यबहारमा उतार्ने प्रतिबद्धता जनाएका छन । तिनदिनको तालिमले आफुहरुको आत्मबिश्वास बढाएको उल्लेख गर्दै सहभागिहरुले समाजनिर्माणका महत्वपुर्ण अंगमानिने महिलाहरुलाई अघि बढाउन पुरुषहरुको भुमिका अझ महत्वपुर्ण हुने बताए । कार्यक्रममा रुपन्देहीका बिभिन्न क्षेत्रमा घर निर्माण लगाएतका क्षेत्रमाकार्यरत २० जना श्रमिक महिलाहरुको सहभागिता रहेको थियो ।

तालिमको समापनका अवसरमा नेपाल निर्माण सम्बद्ध श्रमिक संघ काउनका केन्द्रिय सदस्य नारायण सुनारले श्रमिक महिलाहरु आफुले चाहेर पनि मनका भावनाहरु व्यक्तगर्न नसक्ने तथा हरेक क्षेत्रमा पछि परेको गुनासो आइरहेको समयमा जिल्ला समितिले आयोजना गरेका उद्घोषण तालिमले निकै फाइदा पुग्ने बताए ।

आफुले सिकेको सिपलाई व्यवहारमा उर्तान आग्रहगर्दै यस्ता तालिममले महिलाहरु सक्षमर आत्मबिश्वासीबन्न सक्ने बताए । कार्यक्रममा नेपाल ट्रेड युनियन काँगे्रसका प्रदेशृष्ण प्रसाद बेल्वासे, बुटवल नगर इकाई समितिका अध्यक्ष सूर्य देवदास, बिरबहादुरतामाङ्ग, पत्रकार हरिश ढकाल, काउनका सह–सचिव नर सिंह राव, प्रशिक्षकमिना ढकाल, सल्लाहकार सोम थापा, प्रदेश महिला उपाध्यक्ष बेचु चौधरी, जिल्ला महिला उपाध्यक्ष भागमनीचौधरी सहभागि प्रशिक्षार्थीहरु सूर्या ज्ञवाली, देवकीचौधरी, द्रौपतिथारु, सबिताथारु, दिलरानी चौधरी लगाएतले तालिमले महिलाहरुमा सार्थक परिवर्तन ल्याउने बिश्वास ब्यक्त गरेका थिए ।