देवदहमा हत्या श्रृंखला : ब्यवसायिक संस्थाद्वारा दुख ब्यक्त

प्रकाशित मिति:

रुपन्देही/रुपन्देहीको देवदहमा हुने गरेका श्रृंखलाबद्ध घटनाले आम नागरिकसँगै ब्यवसायिलाई त्रसित पारेको भन्दै स्थानीय ब्यवसायिक संघसंस्थाले प्रहरीप्रशासनको ध्यानाकर्षण गराएका छन् । वर्षेनी अपराधिक घटनाहरु दोहोरिरहदापनि प्रहरी प्रशासन मुखदर्शक बनेको र अपराधी यसै उम्कीने गरेको भन्दै ब्यवसायिकले प्रहरी प्रशासननको ध्यानाकर्षण गराएका हुन् ।प्रहरी प्रशासनद्वारा समयसमयमा देवदहको शान्ति सुरक्षालाई सुदृण गर्न आश्वासन दिदै आएतापनि प्रहरीको काम फितलो भएको भन्दै झुटा आश्वासन नदिन उनीहरुले प्रहरीप्रशासनको ध्यानाकर्षण गराएका छन् । देवदहको शान्ति सुरक्षालाई चुस्त बनाउन र अपराधिक कृयाकलापलाई निरुत्साहीत गर्न क वर्गको ईलाका प्रहरी कार्यालय स्थापना गर्ने आश्वासन प्रशासनले दिएको थियो, प्रशासनको त्यो आश्वासन आश्वासनमै सिमित भो, हामी चिन्तित छौ, ब्यवसायिद्वारा सोमबार जारी संयुक्त विज्ञप्तीमा भनिएको छ ।

आईतबार राती देवदहमा एक युवकलाई नचिनेका मानिसको समुहले आक्रमण गरि हत्या गरेको घटनालाई लिएर स्थानीय ब्यवसायिक संघसंस्थाले एक्यवद्धता जनाउदै घटनामा संलग्न अपराधीलाई तत्काल नियन्त्रणमा लिएर कार्वाही गर्न माग गरेका छन् । देवदहमा क्रियाशिल देवदह ब्यापार संघ, देवदह उद्योग बाणिज्य संघ र उद्योग ब्यापार संघ देवदहले संयुक्त विज्ञप्ती निकालेर घटनामा संलग्न अपाराधीलाई तत्काल नियन्त्रणमा लिएर कार्वाही गर्न जोडदार माग गरेका हुन् ।

देवदह ब्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष गोपालप्रसाद ढकाल र उद्योग ब्यापार संघ देवदहका अध्यक्ष गणेशकुमार खातीले संयुक्त विज्ञप्ती निकालेर देवदहको बुद्धनगरमा भएको घटनामा संलग्न दोषि तत्काल प्रकाउ नपरे संघर्षका कडा कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् । आईतबार राती स्थानीय युवा सन्तोष पुरीको ज्यान गएको घटनाले आफुहरुलाई स्तब्ध पारेको उल्लेख गर्दै पुरीको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका गर्दछौ । विज्ञप्तीमा भनिएको छ ।पुरीको हत्याले देवदहमा जारी मेलानै प्रभावित भएकाले राष्ट्रिय कलाकारहरुद्वारा प्रस्तुत हुने कार्यक्रमहरु स्थगन भएको र अन्य नियमित प्रतियोगिता तथा कार्यक्रम यथावत संचालन हुने विज्ञप्तीमा भनिएको छ । घटनालाई मेलासँग जोडेर अतिरञ्जीत पारिएको घटना प्रति तीनै संस्थाले ध्यानाकर्षण भएको जनाएका छन् ।