अर्घाखाँची जुकेना समाज रुपन्देहीद्धारा रक्तदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रुपन्देही/अर्घाखाँची जुकेना सम्पर्क समाज रुपन्देहीले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सम्र्पक समाजका अध्यक्ष नुमेन्द पौडेलको अध्यक्षयतामा भएको कार्यक्रमको समंयोजन गोपाल पौडेलले गनुभएको थियो । रक्तदान कार्यक्रममा बोल्दै सम्र्पक समाजका अध्यक्ष पौडेलले रगतको अभाबमा कसैको पनि मृत्यु नहोश भनेर समाजले रक्तदान गरेको बताउनु भयो । ब्लड बैक बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा ५६ पोइन्ट ब्लड जम्मा भएको थियो ।

२०७० मा स्थापना भएको रुपन्देही सम्र्पक समाजले २०७३ देखि प्रत्येक वर्षको चैत्र २ गते ब्लड बैक बुटवलमा रक्तदान गर्दै आएको छ । कार्यक्रमको सञ्चालन समाजको उपाध्यक्ष विष्णु पौडेलले गर्नु भएको थियो । यसैबिच सम्र्पक समाजले यहि चैत ९ गते साबिकको जुकेना गाबिस हालको सितंगगा नगरपालिकाको वडा नं. ५ र ६ मा निःशुल्क स्वास्थ सिबिर गर्न लागेको समाजका कार्य समिति सदस्य गोपाल पौडेलले बताउनु भयो । उक्त स्वास्थय सिबिर फिजिसियन डा.महोहर जोसीको नेतृत्बमा हुने समेत सदस्य पौडेलले बताउनु भयो ।