भैरहवा, चैत लुम्विनी ट्रक यातायात ब्यबसायी सघं, सिद्धार्थनगर रुपन्देहीले आफ्नो बार्षीक उत्सवको पुर्वसन्ध्यामा रत्तदान तथा चालक, सहचालकलाई दुर्घटना न्युनीकरणकालागी प्रशिक्षण दिएको छ । सघं बेलहीया–बुटवल ब्यापारीक मार्गको पड्सरीमा आयोजना गरेको रत्तदानमा ४० युनिट रगत सकंलन भएको छ । उत्त अवसरमा सघंका पदाधीकारी, कार्यसमीती सदस्य, कर्मचारी, मजदुर लगायतले रत्तदान गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतीथी नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासले रत्तदान मानवीय सेवमा एउटा महत्वपुर्ण र पुनित काम भएको भन्दै सघंको प्रसंसा गरे । सघंले आफ्नो बार्षीक उत्सवको अवसरमा नियमीत जसो रत्तदान गर्दै आएको छ । त्यस्तै सघंले दुर्घटना न्युनीकरण गर्ने उदेश्यले पडसरीमै चालक र सहचालकलाई प्रशिक्षण दिएको छ ।
सो अवसरमा मादक पदार्थ सेवन नगरी सावारी चलाउनु पर्ने, सवारी चलाउदाँ मोवाई फोनमा कुरा गर्न नहुने, महीला बालबालीका तथा अशक्त र बृद्धाबृद्धलाई सम्मान गर्नु पर्ने, बाल श्रम प्रयोग गर्न नहुने, तिव्रगतीमा सवारी चलाउन नहुने, ट्राफीक नियमको पालना गर्नु पर्ने लगायतका बिषयमा जानकारी गराईएको थियो । सघंका बरिष्ठ उपाध्यक्ष मधुसुदन आचार्यको अध्यक्षता, महासचिव रुमाखर गौतमको सचांलन, उपाध्यक्ष शुनिलराज बिष्टको स्वागतमा भएको कार्यक्रममा प्रमुख अतीथी नेपाल स्वतन्त्र मजदुर सगंठनका केन्द्रीय उपाध्यक्ष ध्यान बहादुर राई, नेपाल मजदुर सगंठनका ५ नम्वर प्रदेस अध्यक्ष कृष्ण कडेंल, ट्राफीक प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक बेद बहादुर पौडेल, बडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक राजेन्द्र अधीकारी लगायतले बोलेका थिए । कार्यक्रममा मजदुर सगंठनका प्रदेस अध्यक्ष कडेंल र ट्राफीक प्रहरी नायव निरीक्षक नारद कार्कीले चालक तथा सहचालकहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षण पश्चात भैरहवा बुद्धचोकमा चालकहरुलाई ट्राफीक ज्ञान तथा दुर्घटना न्युनीकरण सम्वन्धी सचेतना मुलक पर्चा तथा पम्प्लेट समेत बितरण गरीएको थियो । कार्यक्रममा उपाध्यक्ष ओम प्रकास चौधरी, सचिव बसन्त भट्टराई, कोषाध्यक्ष सन्तराम पाण्डे, कार्यालय प्रमुख बिस्नु कडेल लगायतको सहभागीता रहेको थियो । सघंको आगामी शनिवार ८ औं साधारण सभा तथा चौथो अधीबेसन हुदै छ । अधीबेसन तथा साधारण सभाको सवै तयारी पुरा भएको सघंका अध्यक्ष बिष्णु प्रसाद खरेलले जानकारी दिए । सुरुमा रुपन्देहीका २७ जना ब्यबसायीबाट सुरु भएको यो संस्थामा हाल देसभरका ब्यबसायी आवद्ध छन् । भाडाको घरबाट कार्यालय सचांलन गरेको सघंले हाल आफ्नै सुविधा सम्पन्न भवन समेत निमार्ण गरेको छ ।












