लागु औषध सहित एकजना पक्राउ

प्रकाशित मिति:

नवलपरासी-पुर्वी नवलपरासीको विनय त्रिवेणी गाउपालिका स्थित गण्डक व्यारेज नाकामा चेकजाचको क्रममा लागु औषध सहित एक जान व्यक्ति बुधबार पक्राउ परेका छन । सिमा पार भारतीय बजारबाट दिउसोको समयमा लागु औषध ल्याएका बर्दघाट नगरपालिका २ चिसापानी बस्ने वर्ष ३० को भिम गुरुगंलाई चेकजाचको क्रममा नाइट्रोभेट ३० ट्याबलेट ,स्पास्मो १६ क्याप्सुल बरामत गरि आवश्यक कारवाहिको लागि इलाका प्रहरी कार्यालय त्रिवेणीमा पठाइएको सशस्त्र प्रहरी निरिक्षक कुणाखर गौतमले जानकारी दिनुभएको छ ।

त्रिवेणी स्थित गण्डक व्यारेज नाकाबाट लागु औषध दुव्र्यसनीहरुको चलखेल बढन थालेपछि व्यारेज पुलमा तैनाथ सशस्बत्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोलीले संदिग्ध व्यक्ति माथि निगरानी बढाउन थालेपछि लागु औषध सेवनकर्ता र लागु औषध बरामत गर्न सकिएको सुरक्षा निकाएले बताएको छ ।